प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि  बढीरहेका छन् : डा. कोइराला

राजविराज राजविराज
|
शुक्रबार, बैशाख ३, २०७८
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि  बढीरहेका छन् : डा. कोइराला

सारांश

  •     राजविराजमा शुक्रबार राजविराज आँखा एण्ड जनरल हस्पिटल प्रालीको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् ।
  •       नेता कोइरालाले प्रधानमन्त्रीलाई नहटाएसम्म समस्याको समाधान ननिस्कने दाबी गर्दै यस्तो बेलामा नेपाली काँग्रेस र जनता समाजवादी जस्ता प्रतिपक्षी पार्टीले पनि ठोस भूमिका निर्वाहा गर्न नसकिरहेको बताए ।
  •       संसदलाई अनिर्णयको बन्दी बनाएर लामो समयसम्म राख्न नमिल्ने भन्दै उनले संसद भूमिकाबिहीन भइरहेको तथा राजनीतिक अन्यौलता बढीरहेको अवस्थामा केही उपाय नचले निर्वाचनमै जानु उचित हुने उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
    नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी तरिकाले अघि बढीरहेको आरोप लगाएका छन् । 
    राजविराजमा शुक्रबार राजविराज आँखा एण्ड जनरल हस्पिटल प्रालीको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् । 
    नेता कोइरालाले प्रधानमन्त्रीलाई नहटाएसम्म समस्याको समाधान ननिस्कने दाबी गर्दै यस्तो बेलामा नेपाली काँग्रेस र जनता समाजवादी जस्ता प्रतिपक्षी पार्टीले पनि ठोस भूमिका निर्वाहा गर्न नसकिरहेको बताए । 
    संसदलाई अनिर्णयको बन्दी बनाएर लामो समयसम्म राख्न नमिल्ने भन्दै उनले संसद भूमिकाबिहीन भइरहेको तथा राजनीतिक अन्यौलता बढीरहेको अवस्थामा केही उपाय नचले निर्वाचनमै जानु उचित हुने उनको भनाई छ । आगामी मंसिरदेखी चैतसम्म भएपनि निर्वाचनमा जानु उपयुक्त हुने नेता कोइरालाको कथन थियो । 
    लामो समयदेखी रिक्त रहेको उपसभामुख पदको निर्वाचन समेत नगरेर संसदलाई कमजोर बनाइएको उनको भनाई छ । नेता कोइरालाले काँग्रेस आफै अलमलमा रहेको र जनता समाजवादी पार्टी आफै दुई कित्तामा उभिन पुगेकोले देश अलमलमा परेको उल्लेख गरे ।
    अस्पतालका अध्यक्ष सन्तोषकुमार यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा सल्लाहकार शिवनारायण चौधरी, काँग्रेस सप्तरीका सभापति दिनेश यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, वडा नं. ५ अध्यक्ष समिर झाले पनि शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट
पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
छोरी अभिशाप नभई बरदान हो ः मुख्य मन्त्री राउत
न्यायाधिश र कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती 
न्यायाधिश र कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती 
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
पूर्व क्रिकेटरको स्वास्थ्य उपचारका लागि अम्पायर  संघ सप्तरीबाट २५ हजार बढी संकलन
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता 
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता