बैठक खर्च विपन्न महिलाको उपचारमा सहयोग

राजविराज राजविराज
|
मंगलबार, आषाढ १५, २०७८
|
|
२५ पटक हेरिएको
Shares
बैठक खर्च विपन्न महिलाको उपचारमा सहयोग

सारांश

  •     शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार निगरानी समूहको बैठकको चियानास्ता खर्च वापत जम्मा भएको पाँच हजार रुपियाँ राजविराज ९ मलेठकी सियावती मेहतालाई उनकै घर पुगेर समूहले प्रदान गरेको हो ।
  •       इन्सेक प्रतिनिधी मनोहर पोखरेल र समूहका सहस्यहरुका साथ पुगेका निगरानी समूहका अध्यक्ष रघुबर साहले उक्त रकम हस्तान्तरण गरे ।
  • मानव अधिकारको मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यद्वारा इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको कार्यक्रम फोकल पर्सन बरुण बस्यालले व्यक्तिगत रुपमा पाँच सय रुपियाँ प्रदान गरे ।

दैनिक समाचारदाता
राजविराज, १५ असार ।
    मानव अधिकार निगरानी समूहले आफ्नो बैठक खर्चको रकम एक विपन्न महिलालाई उपचारका लागि प्रदान गरेको छ ।
    शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार निगरानी समूहको बैठकको चियानास्ता खर्च वापत जम्मा भएको पाँच हजार रुपियाँ राजविराज ९ मलेठकी सियावती मेहतालाई उनकै घर पुगेर समूहले प्रदान गरेको हो । 
    इन्सेक प्रतिनिधी मनोहर पोखरेल र समूहका सहस्यहरुका साथ पुगेका निगरानी समूहका अध्यक्ष रघुबर साहले उक्त रकम हस्तान्तरण गरे । मानव अधिकारको मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यद्वारा इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको कार्यक्रम फोकल पर्सन बरुण बस्यालले व्यक्तिगत रुपमा पाँच सय रुपियाँ प्रदान गरे ।
    उपचार खर्चको अभावमा घरमै बसेकी आँखा रोगी मेहताले प्राप्त रकमले विराटनगर गई उपचार गराउने बताइन् । आँखा अस्पताल लहानले विराटनगर जान सल्लाह दिएको र मृगौलामा समेत समस्या देखिएको उनले जानकारी दिइन् । उनका श्रीमान निगरानी समूहका सदस्य एवम् पत्रकार उपेन्द्रनारायण मेहताको गत वैशाख १३ गते मृत्यु भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?