निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो कोरोना संक्रमित

राजविराज राजविराज
|
शनिबार, आषाढ १९, २०७८
|
|
५६ पटक हेरिएको
Shares
निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो कोरोना संक्रमित

सारांश

  •     संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी सप्तकोसी नगरपालिकामा २२ जना, राजविराज नपामा ६ जना, अग्निसाइर कृष्णासवरन गाउँपालिका तथा शम्भुनाथ र कञ्चनरुप नगरपालिकामा १–१ जनामा संक्रमण देखिएको हो ।
  •     कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
  •       शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय ३३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    राजविराज/सप्तरीमा निषेधज्ञा खुकुलो भए सँगै कोरोना संक्रमितहरु बढ्न थालेको छ । 
    स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञालाई शुक्रवारदेखि खुकुलो गर्दै सवारीसाधन समेत संचालनका लागि अनुमति दिएको छ । 
    बिहिवार १४ जनाको पिसिआर परिक्षण गर्दा ११ जना तथा शुक्रवार ३७ जनाको परिक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ कार्यालय सप्तरीले जनाएको छ ।
    संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी सप्तकोसी नगरपालिकामा २२ जना, राजविराज नपामा ६ जना, अग्निसाइर कृष्णासवरन गाउँपालिका तथा शम्भुनाथ र कञ्चनरुप नगरपालिकामा १–१ जनामा संक्रमण देखिएको हो ।
    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
    शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय ३३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । 
    मन्त्रालयका अनुसार मुलुकभरमा ५ हजार ८ सय ३७ जनाको पिसिआर परीक्षणबाट १ हजार ५ सय २७ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार २ सय ९६ जनाको एन्टिजेन परीक्षणबाट ८ सय १ जनामा पुष्टि भएको छ ।
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन् । यस्तै १९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै हालसम्म ९ हजार १ सय ९८ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.३ प्रतिशत छ ।
    सबैभन्दा धेरै काठमाडौंमा ३१६, झापामा ८६, ललितपुरमा ७८, सुनसरीमा ७३, कास्कीमा ६४, चितवनमा ५३, धादिङमा ५२, नवलपरासी पुर्व र डोटीमा ३९/३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
    सप्तरीमा ३१, गुल्मीमा ३७ जना, नुवाकोटमा ३६, भक्तपुरमा ३४, काभ्रेपलाञ्चोकमा ३०, मोरङ र मकवानपुरमा २९/२९ जना, रुपन्देहीमा २८, तनहुँमा २५, कपिलवस्तुमा २४, पाल्पामा २३, लमजुङमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।
    यस्तै कैलालीमा १९, दैलेखमा १६ जना, धनुषा, दाङ र सुर्खेतमा १४/१४ जना, महोत्तरीमा १२ जना र रसुवामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
    १० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यता कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै लापरवाही नगर्न तथा सरकारले तोकेको स्वास्थ सुरक्षा मापदणड कडाईका साथ पालना गर्न जिल्ला स्वास्थ कार्यलयले सबै सँग अपिल गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

लोककल्याणकारी विज्ञापनको बजेट कटौती  नगर्न मधेश प्रदेश सरकारसँग माग

लोककल्याणकारी विज्ञापनको बजेट कटौती  नगर्न मधेश प्रदेश सरकारसँग माग

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

तिलाठीका १९ बाढी प्रभावित परिवारलाई राहत बितरण

तिलाठीका १९ बाढी प्रभावित परिवारलाई राहत बितरण

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार टोली

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार टोली

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित