दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
प्रदेश २ क्रिकेट संघले क्रिकेटर महवुव आलमलाई राष्ट्रिय सम्मानसहितको बिदाईको माग गरेको छ ।
महोत्तरीको बर्दिवासमा संघको बुधवार सम्पन्न बैठकले उक्त माग गर्दै बिभिन्न १५ वटा निर्णय समेत गरेको छ ।
सप्तरी निवासी, गिनिज वल्र्ड रेकर्डधारी तथा बिश्व किर्तिमानी क्रिकेटर आलमले निकट भविष्यमा नै सन्यास लिने घोषणा गर्ने जानकारी गराए अनुसार उनको बिदाईमा कुनै कमी हुन नदिन प्रदेशले प्रभावकारी भुमिका निर्वाह गर्ने प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी बताए ।
नेपाल क्रिकेट संघका कोषाध्यक्ष एवं प्रदेश क्रिकेट संघ प्रदेश नं. २ का सदस्य रोशन सिंहको बिशेष उपस्थितीमा संचालित बैठकले प्रदेशका खेलाडीहरुको स्वास्थ्य र जिवनलाई ध्यानमा राखि ५ लाख बरावरको बिमा गर्न सदस्य आकाश पाण्डेयलाई संयोजक तोकिएको छ ।
त्यस्तै बैठकले महिला राष्ट्रिय खेलाडी शोभा आलेलाई कार्यालय सचिवको रुपमा नियुक्ती, प्रदेश २ क्रिकेट संघको कार्यालय बर्दिवासमा राखि साउन २९ गतेबाट नियमित रुपमा कार्यालय संचालन गर्ने समेत निर्णय गरेको छ ।
त्यस्तै हालै स्वर्गवास भएका राष्ट्रिय खेलाडी कुन्दन सिंहको बचाउ अभियान अन्र्तगत बचत भएका रकमहरुलाई एकतृत गरि स्व. कुन्दन सिंह अक्षय कोष खोलि उक्त कोषलाई प्रदेश २ अन्र्तगतका खेलाडीहरुको स्वास्थ्य उपचारमा खर्च गर्ने समेत निर्णय गरिएको छ ।
प्रदेश २ का टोलिको हालको प्रर्दशनलाई गम्भिर रुपमा लिई अगामी दिनमा बन्द शिविरको आयोजना प्रतियोगिता संचालन हुने स्थानमा नै गर्ने निर्णय गरेको छ भने बैठकले प्रदेश २ का अम्पायर तथा स्कोर तालिम भदौको दोश्रो साता सप्तरीको राजबिराजमा संचालन गर्ने, पिच क्युरेटरको माँग, प्रदेश संघको आर्थिक अवस्थामा सुदृढिकरण गर्न कोषाध्यक्ष पवन कुमार गुप्ताको संयोजकत्वमा अध्यक्षसंगको समन्वयमा जिम्मेवारी दिईने, जनवरी २०२० देखि डिसेम्वर २०२० सम्मको खर्चको अनुमोदन, उपाध्यक्ष सुनिल महासेठको संयोजकत्वमा सदस्यद्वय निरज कार्की र आकाश पाण्डेय रहने गरि प्रतियोगिता संचालन समिति गठन गठन गर्दै सल्लाहकारमा धनुषा जिल्ला क्रिकेट संघका पुर्व अध्यक्ष शिव नारायण झालाई मनोनयन गर्ने समेत निर्णय गरेको छ ।
बैठकले संघको बार्षिक साधारण सभा निकट भविष्यमा नै गर्न प्रदेश अन्र्तगतका सम्पूर्ण जिल्लाहरुलाई पत्राचार गरि नामावली माँग गर्ने निर्णय गरिएको छ भने हाल बिद्यमान अवस्थालाई ध्यानमा राखि मिति, स्थान तथा प्रकृया बारे पछि जानकारी गराउने समेत निर्णय गरेको छ ।
क्रिकेटर महवुब आलमलाई राष्ट्रिय सम्मानसहित बिदाइको माग
सारांश
- महोत्तरीको बर्दिवासमा संघको बुधवार सम्पन्न बैठकले उक्त माग गर्दै बिभिन्न १५ वटा निर्णय समेत गरेको छ ।
- सप्तरी निवासी, गिनिज वल्र्ड रेकर्डधारी तथा बिश्व किर्तिमानी क्रिकेटर आलमले निकट भविष्यमा नै सन्यास लिने घोषणा गर्ने जानकारी गराए अनुसार उनको बिदाईमा कुनै कमी हुन नदिन प्रदेशले प्रभावकारी भुमिका निर्वाह गर्ने प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी बताए ।
- नेपाल क्रिकेट संघका कोषाध्यक्ष एवं प्रदेश क्रिकेट संघ प्रदेश नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया