उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी  कोइलाडीका कर्मचारीहरु आन्दोलित

राजविराज राजविराज
|
बुधबार, श्रावण २०, २०७८
|
|
२८ पटक हेरिएको
Shares
उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी  कोइलाडीका कर्मचारीहरु आन्दोलित

सारांश

  •     गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झासहितका कर्मचारीलाई मंगलबार आफ्नो कार्यकक्षमा बोलाई कामकाज नगर्नुस् कामकाज गरेमा हातपात गर्ने भनी दिएको धम्कीप्रति आपत्ति जनाउँदै कर्मचारीहरु बुधबारदेखि आन्दोलित भएका हुन् ।
  •     उपाध्यक्ष यादवले माग गरेको विवरणहरुको सम्बन्धमा कुराकानी भईरहँदा प्रमुख प्रशासकीय अधिकृत झालाई बुधबारदेखि काम नगर्न तथा गरेमा आफूले हातपात गर्ने भनी धम्की दिएकी थिइन् ।
  •       गत बर्ष पनि उपाध्यक्ष यादव र निजका श्रीमान शिवनाथ यादवले गाउँपालिकाका सहलेखापाललाई हातखुट्टा काटिदिने धम्की दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २० साउन । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका कर्मचारीहरु बुधबारदेखी कार्यालयको कामकाज ठप्प पारि आन्दोलनमा उत्रेका छन् । 
    गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झासहितका कर्मचारीलाई मंगलबार आफ्नो कार्यकक्षमा बोलाई कामकाज नगर्नुस् कामकाज गरेमा हातपात गर्ने भनी दिएको धम्कीप्रति आपत्ति जनाउँदै कर्मचारीहरु बुधबारदेखि आन्दोलित भएका हुन् ।
    उपाध्यक्ष यादवले माग गरेको विवरणहरुको सम्बन्धमा कुराकानी भईरहँदा प्रमुख प्रशासकीय अधिकृत झालाई बुधबारदेखि काम नगर्न तथा गरेमा आफूले हातपात गर्ने भनी धम्की दिएकी थिइन् । 
    गत बर्ष पनि उपाध्यक्ष यादव र निजका श्रीमान शिवनाथ यादवले गाउँपालिकाका सहलेखापाललाई हातखुट्टा काटिदिने धम्की दिएका थिए । यता उपाध्यक्ष यादवले माफी नमागेसम्म आन्दोलन जारी रहने जनाइएको छ । 
    यसैबीच बुधबार गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह तथा वडा अध्यक्षहरुको उपस्थितिमा आन्दोलित कर्मचारीहरुसग छलफल भएको छ । छलफलका क्रममा वडा नं. १ का वडा अध्यक्ष दिनेश्वर मिश्रलाई उपाध्यक्ष यादवसँग समन्वय तथा सहजीकरण गर्न जनप्रतिनिधीहरुले जिम्मेवारी दिएको कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद सिंहले बताए ।
    उपाध्यक्ष यादवले गत विगतमा पनि कर्मचारीलाई धम्की दिंदै आएको र  कर्मचारीहरु मथि हातपात समेत गरेको हुँदा निज उपाध्यक्ष यादवले माफी नमागेसम्म तथा शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय सप्तरीलाई समेत पत्राचार गरिएको कर्मचारी युनियनका अध्यक्ष सिंहले बताए । 
    यस्तै उपाध्यक्ष यादवको धम्कीका बारेमा मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला समन्वय समिति सप्तरीमा समेत जानकारी गराइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
आगलागीमा पाँच लाख बराबरको क्षति
आगलागीमा पाँच लाख बराबरको क्षति
सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन 
सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन 
शिवालयमा भक्तजनको घुइचो
शिवालयमा भक्तजनको घुइचो
लोसपा संसदीय दलका नेता  शर्माको सेवासुविधा रोक्का
लोसपा संसदीय दलका नेता  शर्माको सेवासुविधा रोक्का
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
बदर मत प्रतिशत घटाउन नमूना मतदान
बदर मत प्रतिशत घटाउन नमूना मतदान