ससुुराले भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा तीन जना कारागार चलान 

राजविराज राजविराज
|
बुधबार, श्रावण २७, २०७८
|
|
१९ पटक हेरिएको
Shares
ससुुराले भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा तीन जना कारागार चलान 

सारांश

  •     स्थानिय संजिव कुमार यादवसँग मिलोमतो गरी राजबिराज वडा अध्यक्षको हस्ताक्षर, वडा कार्यालयको छाप, लेटर प्याड समेत किर्ते खडा गरी किर्ते कागजातको सहायताले नेपाली नागरिकता बनाउन खोज्दा ससुरा देवन यादव, किर्ते कागजात तयार गर्ने संजिव कुमार यादव, ज्वाई भारतिय नागरिक शिवनन्दन यादव कारागार चलान भएका हुन् ।
  •       यस्तै सो कार्यमा सहयोग गर्ने स्थानिय सुरेश कुमार यादव पनि पक्राउ परेका थिए ।
  • उनले भने सफाई पाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २७ साउन । 
    किर्ते कागजात बनाई राजबिराज नगरपालिका १५ निवासी देवन यादवले आफ्ना भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा उनीसँगै ज्वाई र किर्ते कागजात बनाउन सहयोग गर्ने एक व्यक्तिसहित तीन जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । 
    स्थानिय संजिव कुमार यादवसँग मिलोमतो गरी राजबिराज वडा अध्यक्षको हस्ताक्षर, वडा कार्यालयको छाप, लेटर प्याड समेत किर्ते खडा गरी किर्ते कागजातको सहायताले नेपाली नागरिकता बनाउन खोज्दा ससुरा देवन यादव, किर्ते कागजात तयार गर्ने संजिव कुमार यादव, ज्वाई भारतिय नागरिक शिवनन्दन यादव कारागार चलान भएका हुन् । 
    यस्तै सो कार्यमा सहयोग गर्ने स्थानिय सुरेश कुमार यादव पनि पक्राउ परेका थिए । उनले भने सफाई पाएका छन् । 
    देवन यादव र उनका ज्वाई शिवनन्दन यादवलाई गत असार ३१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीको प्राङ्गणबाटै पक्राउ गरिएको थियो । वडा अध्यक्ष रामप्रसाद यादवको किर्ते हस्ताक्षरसहितको सिफारिस र अनुसूची फारमहरु बोकेर बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका बेला उनीहरु पक्राउ परेका थिए । 
    नागरिकता लिन आउने व्यक्ति र सिफारिस पत्रमा गरिएको वडा अध्यक्षको हस्ताक्षर शंकास्पद भेटिएपछि वडा अध्यक्ष रामप्रसाद यादवलाई पनि झिकाइएको तर, वडा अध्यक्षले आफ्नो दस्तखत नभएको बताएपछि दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
सप्तरीमा निषेधाज्ञा १३ दिनका लागि बिस्तार
सप्तरीमा निषेधाज्ञा १३ दिनका लागि बिस्तार
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा बिरोधसभा 
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा बिरोधसभा 
कक्षा कोठामै वडा कार्यालय र स्वास्थ्य क्लिनिक
कक्षा कोठामै वडा कार्यालय र स्वास्थ्य क्लिनिक
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते
दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते