गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत बितरण

राजविराज राजविराज
|
शुक्रबार, भाद्र ४, २०७८
|
|
२० पटक हेरिएको
Shares
गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत बितरण

सारांश

  •     अबिरल बर्षाको कारण मंगलबार जिता नदीमा आएको बाढीले पश्चिमी तटबन्ध भत्काउँदा गाउँपालिका वडा नं.
  • ५ स्थित को.
  • बर्साइनका राम टोल, खंग टोल र सरदार टोलमा बाढी पस्दा १ सय ३३ घर डुबानमा परेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बाढी पीडित व्यक्तिहरुलाई राहत वितरण गरिएको छ । बाढी पीडित बासिन्दाहरुलाई गाउँपालिकाबाट राहत वितरण गरिएको हो ।
    अबिरल बर्षाको कारण मंगलबार जिता नदीमा आएको बाढीले पश्चिमी तटबन्ध भत्काउँदा गाउँपालिका वडा नं. ५ स्थित को. बर्साइनका राम टोल, खंग टोल र सरदार टोलमा बाढी पस्दा १ सय ३३ घर डुबानमा परेको थियो । 
    बाढी पीडितप्रति परिवार २५ किलो चामल, ५ किलो भुजा (मुरही), एक किलो सोयाबिन, एक किलो नुन, चार वटा साबुन र एक्वा ट्याबवितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिएका छन् । एक्वाट्याब सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले उपलब्ध गराएको थियो ।
    राहत वितरण कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र साह, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, स्वास्थ्य शाखा संयोजक शैलेश कुमार मिश्र, कृषि विकास अधिकृत उदयकान्त झा, सेभ द सप्तरीका विष्णुकान्त देव, दुर्गानन्द शर्मासहितको सहभागिता रहेको थियो ।
    बाढी प्रभावितहरुको नामावली संकलनका लागि गाउँपालिकाबाट कृषि विकास अधिकृत उदयकान्त झाको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीलाई परिचालन गरिएको थियो ।
    यता बाढीले भत्काएको बाँध एक दुई दिनभित्रै निर्माण गरिने बताउँदै गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बाँध निर्माणको लागि आवश्यक बोरा र जाली प्रहरी चौकीको. बर्साइनमा राखिएको जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस सप्तरीद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
काँग्रेस सप्तरीद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
दलित समुदायमाथी विभिन्न हिंसाका  घटना बढ्दै गएको भन्दै प्रदर्शन
दलित समुदायमाथी विभिन्न हिंसाका  घटना बढ्दै गएको भन्दै प्रदर्शन
बालबिवाह बिरुद्ध प्रतिबद्धता
बालबिवाह बिरुद्ध प्रतिबद्धता
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
दिपाको रहस्यमय मृत्यु प्रकरणमा थप एक आरोपी पक्राउ
दिपाको रहस्यमय मृत्यु प्रकरणमा थप एक आरोपी पक्राउ
अनलाईन ठगी गरेको आरोपमा ६ जना पक्राउ
अनलाईन ठगी गरेको आरोपमा ६ जना पक्राउ
सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित
सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने