सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 

राजविराज राजविराज
|
शुक्रबार, आश्विन ८, २०७८
|
|
२१ पटक हेरिएको
Shares
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 

सारांश

  •     २०७६ साल चैतको पहिलो साता कोरोना संक्रमण बढेपछि नेपाल सरकारले भारतीय सीमासँग जोडिएका सबै नाकाहरु बन्द गर्ने गरेको निर्णय जोखिम घट्दै गएपछि मंगलबार खुल्ला गर्ने निर्णय गरेको थियो ।
  •       मन्त्री परिषदको गत मंगलवार वसेको बैठकले सबै सीमानाका खुल्ला गर्ने निर्णय गरे पनि विहीवार तिन दिन वितिसक्दा भारतसंग जोडिएको सप्तरीका सिमानाकाहरु अझै खुल्न सकेको छैन् ।
  •       सरकारले सीमानाकाबाट यस अघि पैदल आवतजावत तथा खाद्यान्न आयतका लागी खुल्ला गरेपनि सवारी आवागमन रोकेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ७ असोज । 
    डेढ वर्षदेखी बन्द रहेका भारतीय सीमा सँंग जोडिएका नाकाहरु सरकारले खुल्ला गर्ने गरेको निर्णय कार्यान्वयन भएन् । 
    २०७६ साल चैतको पहिलो साता कोरोना संक्रमण बढेपछि नेपाल सरकारले भारतीय सीमासँग जोडिएका सबै नाकाहरु बन्द गर्ने गरेको निर्णय जोखिम घट्दै गएपछि मंगलबार खुल्ला गर्ने निर्णय गरेको थियो । 
    मन्त्री परिषदको गत मंगलवार वसेको बैठकले सबै सीमानाका खुल्ला गर्ने निर्णय गरे पनि विहीवार तिन दिन वितिसक्दा भारतसंग जोडिएको सप्तरीका सिमानाकाहरु अझै खुल्न सकेको छैन् । 
    सरकारले सीमानाकाबाट यस अघि पैदल आवतजावत तथा खाद्यान्न आयतका लागी खुल्ला गरेपनि सवारी आवागमन रोकेको थियो । पछिल्लो पटक सवारी आवागमन पनि खोल्ने निर्णय सरकारले गरेको छ । 
    यता तीनदिन अघि नाका खुल्यो भनेर संचार माध्यमबाट खबर पाएपछि काम विषेशले भारतमा रहेका मध्येका गाडी चढी फर्किने दर्जनौ ब्यक्ती सिमा क्षेत्रमा अलपत्र परेका छन । नाकामा रहेका सुरक्षाकर्मीले नाका नखुलेको भन्दै गाडी आवागमन गर्न रोक लगाउदा आफुहरु समस्यामा परेको पीडित सर्वसाधारणको गुनासो छ । 
    नाका बन्द हुदा सर्वाधिक आउजाउ हुने सप्तरीको तिलाठी कोइलाडी स्थित कुनौली नाकामा अहिले पनि ठुलो ब्याग, बोरा, झोला लगायतका सामाग्री टाउकोमा बोकेर सर्वसाधारण पैदलै आउजाउ गरेको दृश्य विहानदेखी साँझ सम्म देखिने गरेको स्थानीयवासी देवनारायण यादवले सुनाए । 
    सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले सरकारले डेढ वर्ष देखी बन्द रहेका सबै सिमानाका खुल्ला गर्ने निर्णय गरेको खबर आफुले पनि विभिन्न संचार माध्यमबाट सुनेको जानकारी दिँदै यसबारे सम्बन्धित निकायबाट कुनै आधिकारीक पत्र नआएकाले कार्यान्वयन गर्न नसकिएको उनको भनाई छ ।       

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ