दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु

राजविराज राजविराज
|
शनिबार, आश्विन ९, २०७८
|
|
२२ पटक हेरिएको
Shares
दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु

सारांश

  •     पछिल्लो पटक जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नं.
  • ५ का कटि निवासी मो.
  • आजादका ३ वर्षिय छोरा रहमद आलिको डुबेर मृत्यु भएको हो ।

दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
    विभिन्न जलाशयमा डुबेर मृत्यु हुने घटनामा सप्तरीमा बृद्वि भई रहेको बेला शुक्रवार थप एक जना बालकको डुबेर ज्यान गएको छ ।
    पछिल्लो पटक जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नं. ५ का कटि निवासी मो. आजादका ३ वर्षिय छोरा रहमद आलिको डुबेर मृत्यु भएको हो । आफ्नै घरको पछाडी रहेको पोखरीको डिलमा खेल्ने क्रममा डिलबाट लड्दा उनी पोखरीमा डुबेका थिए । आफन्तले अलिलाई डुबेको देखेपछि पोखरीबाट बाहिर निकालि उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराज ल्याएपछि चिकित्सकले चेक जाच गर्ने क्रममा मृत घोषित गरेका थिए । 
    तीन दिन अघि मात्र मंगलवार पनि एकै दिन खडक नगरपालिका ८ कि ३ बर्षिय एलिजा कुमारी चौधरी, तिलाठी कोईलाडी गाउपालिका २ कि १२ बर्षिय सवाना खातुन र महदेवा गाउपालिका ४ कि ३० बर्षिय लक्ष्ण कुमारी सदाको पोखरी र नहरमा डुबेर ज्यान गएको थियो । त्यसको भोलिपल्टै बुधबार महदेवा गाउँपालिका २ की ५ वर्षिया शिवानी मण्डलको पनि नुहाउने क्रममा पोखरीमा डुबेर ज्यान गएको थियो । 
    जिल्लामा आर्थिक बर्ष ०७६/७७ मा १५ वालबालिका सहित २७ र ०७७/७८ मा १५ बालबालिका सहित २४ जनाको पानीमा डुबेर ज्यान गएकोमा चालू आब ०७८/७९ को दुई महिना ८ दिन मै ११ बालवालिका सहित १९ जनाको ज्यान गईसकेको प्रहरी तथ्यांक ले देखाएको छ ।
    खाल्डा, नदि, नहर र पोखरीले विशेष गरि बालवालिकालाई बढी जोखिममा पारेको तथ्यांकले देखाएको छ । सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार पानीमा डुबेर मृत्यु हुने अधिकांश घटना ग्रामिण क्षेत्रमा घटने गरेको पाईएको छ ।
    उनले वर्षा तथा अन्य बेला पनि बालवालिकालाई जथाभाबी बाहिर खेल्न जान दिने तर निगरानी गर्न नसक्दाँ यस्ता दुखद घटनामा बढोतरी भएको बताए ।
    प्रहरीले यस बारे निरन्तर विभिन्न माध्यमले सचेत गराउदाँ पनि यस्ता घटनामा बढोतरी हुनु चिन्ताको विषय भएको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?