दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
बैदेशिक रोजगारीका क्रममा ठगिएका सप्तरीका पाँच युवाहरुले क्षतिपुर्ती पाएका छन् ।
ती यूवाहरुले क्षतिपूर्ती वापत ६ लाख ५० हजार पाएको आप्रावासी श्रोत केन्द्र राजविराजले जानकारी दिएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहाका सुरेन्द्र प्रसाद साहले सोही स्थान बस्ने राजेश कुमार सरदार, श्री प्रसाद सरदार, भुपेन्द्र प्रसार सरदार, रमानन्द सरदार र संजिव सरदारलाई बैदेशिक रोजगारीका लागि मलेशिया पठाउने भन्दै ठगि गरेका थिए ।
साहले नेपालमा फर्निसिङ कार्पेन्टरको कामको लागि भनेर मलेशियामा काठ चिर्ने काममा लगाएको पीडितहरुले बताएका छन् । भनेको काममा नलगाएको बारे वारम्वार ताकेता गरे पनि काम परिवर्तन नभएकोले बाध्य भई ती यूवाहरु नेपाल फर्कन बाध्य भएको बताए ।
नेपाल फर्किएपछि सुरक्षित आप्रवासन सम्बन्धी सूचना तथा परामर्श केन्द्रमा घटनाको वारेमा उनीहरुले जानकारी गराएका थिए । सोही जानकारीको आधारमा केन्द्रले निरन्तर पहल गरेर प्रत्येक पीडितहरुलाई १ लाख २५ हजारको दरले रकम फिर्ता भएको केन्द्रका रामप्रवेश मण्डलले जानकारी दिए ।
न्यायका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सक्रिय सहभागिता मार्फत सो रकम फिर्ता गराउन सफल भएको केन्द्रले जनाएको छ ।
बैदेशिक रोजगारमा ठगिएका पाँच युवाले पाए क्षतिपूर्ती
सारांश
- ती यूवाहरुले क्षतिपूर्ती वापत ६ लाख ५० हजार पाएको आप्रावासी श्रोत केन्द्र राजविराजले जानकारी दिएको छ ।
- सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहाका सुरेन्द्र प्रसाद साहले सोही स्थान बस्ने राजेश कुमार सरदार, श्री प्रसाद सरदार, भुपेन्द्र प्रसार सरदार, रमानन्द सरदार र संजिव सरदारलाई बैदेशिक रोजगारीका लागि मलेशिया पठाउने भन्दै ठगि गरेका थिए ।
- साहले नेपालमा फर्निसिङ कार्पेन्टरको कामको लागि भनेर मलेशियामा काठ चिर्ने काममा लगाएको पीडितहरुले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया