संविधान संशोधन गरी अघि  बढ्नु पर्छ : अध्यक्ष ठाकुर 

राजविराज राजविराज
|
सोमबार, आश्विन १८, २०७८
|
|
२८ पटक हेरिएको
Shares
संविधान संशोधन गरी अघि  बढ्नु पर्छ : अध्यक्ष ठाकुर 

सारांश

  •     राजविराजमा सोमवार लोसपा सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मुलुकको वर्तमान संविधान अहिले पनि कठोर रहेको भन्दै संविधानका कतिपय धारा समेत प्रष्ट नरहेको उल्लेख गरे ।
  •       प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारले गरेको छापामारीलाई लिएर भईरहेको विरोधबारे उनले संवैधिानिक आयोगको रुपमा रहेको अख्तियारको छापामारीको विषयमा हामीले अहिले नै बोल्नु जरुरी नरहेको बताउँदै छानविनपछि आउने निष्कर्ष पछि नै केही भन्नु उपयुक्त हुने जिकिर गरे ।
  •       यस्तै पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले मधेशको माग पुरा गर्न बलियो परिवर्तनकारी शक्ति निर्माण गरी जनता समाजवादी पार्टी बनाएकोमा उपेन्द्र यादवले खण्डित गरीदिएको आरोप लगाए ।

दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
    लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधानमा अहिले पनि मधेशी, दलित, मुश्लिम, आदिवासी, जनजाती, सिमान्तकृत समुदाय लगायतका कतिपय समस्या यथावत रहेको बताएका छन् । उनले ती समस्यालाई सच्याएर अघि बढनु पर्ने आवश्यक रहेकोले संविधान संशोधन गरी अघि बढ्नु पर्नेमा जोड दिए । 
    राजविराजमा सोमवार लोसपा सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मुलुकको वर्तमान संविधान अहिले पनि कठोर रहेको भन्दै संविधानका कतिपय धारा समेत प्रष्ट नरहेको उल्लेख गरे । 
    प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारले गरेको छापामारीलाई लिएर भईरहेको विरोधबारे उनले संवैधिानिक आयोगको रुपमा रहेको अख्तियारको छापामारीको विषयमा हामीले अहिले नै बोल्नु जरुरी नरहेको बताउँदै छानविनपछि आउने निष्कर्ष पछि नै केही भन्नु उपयुक्त हुने जिकिर गरे । 
    यस्तै पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले मधेशको माग पुरा गर्न बलियो परिवर्तनकारी शक्ति निर्माण गरी जनता समाजवादी पार्टी बनाएकोमा उपेन्द्र यादवले खण्डित गरीदिएको आरोप लगाए । 
    उनले आउँदो निर्वाचनमा जसपासँग चुनावी तालमेलको सम्भावना न्युन रहेको भन्दै तालमेल हुने वा नहुने कुरा समयपरिस्थितिले देखाउने उल्लेख पनि गरे । 
    मुलुकमा काँग्रेस र कम्युनिष्ट जस्ता ठूला पार्टी कुर्सीकै लागी मरिहत्ते गर्ने तिर लागेका कारण मुलुकको अवस्था विग्रीदै गएको टिप्पणी गरे । मधेशी जनतामाथी गोली चलाउदै एकतर्फीरुपमा जारी गरिएको वर्तमान संविधानले संशोधन नभएसम्म राजनीति समस्याको समाधान दिन नसक्ने उनको दावी थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद 
भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद 
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ
भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
प्रधानमन्त्रीद्वारा २०४७ को संविधानलाई ब्युताउने प्रयत्न भइरहेको छ : जसपा अध्यक्ष उपेन्द्र यादव
प्रधानमन्त्रीद्वारा २०४७ को संविधानलाई ब्युताउने प्रयत्न भइरहेको छ : जसपा अध्यक्ष उपेन्द्र यादव
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न 
सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न 
घरदैलोमै पशुको स्वास्थ परीक्षण अभियान सुरु
घरदैलोमै पशुको स्वास्थ परीक्षण अभियान सुरु
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
वार्षिकोत्सवमा नेपाल बैंकद्वारा रक्तदान
वार्षिकोत्सवमा नेपाल बैंकद्वारा रक्तदान