सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी

राजविराज राजविराज
|
बुधबार, मंसिर १५, २०७८
|
|
३३ पटक हेरिएको
Shares
सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी

सारांश

  •     बुधबार राजविराजमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रियामा राष्ट्रिय सूचना आयोगका सचिव भागिरथ पाण्डेले सो जानकारी दिदै आयोगको तथ्याङ्क हेर्दा पुनरावेदनका लागि आउनेहरूको संख्या वर्षेनि बढिरहेको बताए ।
  •       सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामग्री वा जानकारी सम्बन्धित कार्यालयका सूचना अधिकारी समक्ष निवेदन दिएर सूचना माग्न सकिने प्रावधान रहदा रहदै त्यसो नपाइएपछि आएको उजुरीमाथी कारवाही गरिएको आयोगका सचिव पाण्डेले प्रष्ट पारे ।
  •     सूचना अधिकारीले नदिए त्यसको सात दिनभित्र कार्यालय प्रमुखसमक्ष उजुरी दिन सक्ने व्यवस्था छ ।

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 
    सूचनाको हक सम्बन्धी कानुन बमोजिम सूचना नदिएको भन्दै सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी परेको छ । 
    बुधबार राजविराजमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रियामा राष्ट्रिय सूचना आयोगका सचिव भागिरथ पाण्डेले सो जानकारी दिदै आयोगको तथ्याङ्क हेर्दा पुनरावेदनका लागि आउनेहरूको संख्या वर्षेनि बढिरहेको बताए । 
    सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामग्री वा जानकारी सम्बन्धित कार्यालयका सूचना अधिकारी समक्ष निवेदन दिएर सूचना माग्न सकिने प्रावधान रहदा रहदै त्यसो नपाइएपछि आएको उजुरीमाथी कारवाही गरिएको आयोगका सचिव पाण्डेले प्रष्ट पारे ।
    सूचना अधिकारीले नदिए त्यसको सात दिनभित्र कार्यालय प्रमुखसमक्ष उजुरी दिन सक्ने व्यवस्था छ । ऐनले दिन मिल्ने भनेको सूचना कार्यालय प्रमुखले समेत नदिए सूचना आयोगमा पुनरावेदन गर्न सक्ने प्रावधान छ । 
    सूचनाको हक सम्बन्धी ऐनमा सूचना अधिकारी वा कार्यालय प्रमुखले मुनासिव कारण विना सूचना नदिए रु. १ हजारदेखि रु. २५ हजारसम्म जरिवाना र विभागीय कारबाही तथा ढिला गरेमा प्रतिदिन रु. २०० का दरले जरिवाना हुने व्यवस्था छ ।
    सो कार्यक्रममा नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देवले सार्वजनिक सरोकारका कुनै पनि विषयका सूचना माग्ने र पाउने हक हुने व्यवस्था गरिए पनि सुचना सहज रूपमा पाउन नसकेको गुनासो गरे । 
    राष्ट्रिय सूचना आयोगका आयुक्त रत्न प्रसाद मैनालीले सूचना प्रणालीलाई नागरिक सम्म पहँुच पु¥याउनु पर्नेमा जोड दिए । उनले जिल्लास्थित सबै सार्वजनिक निकायका सूच्ना अधिकारीले सूचना लिन आउनेलाई सहज रुपमा सूचना उपलब्ध गराउनु पर्नेमा बताए । 
    कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायत विभिन्न कार्यालयका प्रतिनिधी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह