दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
राजविराजमा संचालित प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि–ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा सिरहा र महोत्तरी बिजय भएका छन । सिरहा बिजयी भएसँगै फाइनलमा प्रवेश गरेको छ ।
संचालित प्रतियोगिताको बिहीबार सम्पन्न पहिलो खेलमा सिरहाले सर्लाहीलाई ८ बिकेटले पराजित गरेको छ भने दोस्रो खेलमा महोत्तरीले सप्तरीलाई ८ बिकेटले नै पराजित गरेको हो ।
पहिलो खेलमा टस जितेर सर्लाहीले २० ओभरमा ८ बिकेट गुमाएर ८५ रन को योगफल खडा गरेको थियो । जसमा सर्लाहीकी आरती सिंहले अविजित ४३ रन बनाउनु बाहेक कुनै खेलाडीले दोहोरो अंक समेत पार गर्न सकेनन् । बलिङ्गतर्फ सिरहाकी अनुराधा चौधरीले ३, आरती चौधरीले २ र सरस्वती चौधरीले एक बिकेट हात पारेकी थिइन् ।
प्रतिउत्तरमा ब्याटिङ गर्न ओर्लेको सिरहाले ९ ओभरमा २ बिकेट गुमाएर सो लक्ष्य हात पा¥यो । जसमा टिमका लागि सरस्वती चौधरीले ३१ तथा आरती चौधरीले अविजित १८ रन जोडेकी थिइन् । यता बलिङतर्फ सर्लाहीका यमुना श्रेष्ठ र तुलसी बिश्वकर्माले १÷१ बिकेट हात पारेकी थिइन् । खेलको म्यान अफ दि प्लेयर सिरहाकी सरस्वती चौधरी घोषित भइन् ।
यस्तै दोस्रो खेलमा टस जितेर सप्तरीले २० ओभरमा ९ बिकेट गुमाएर ६६ रन को योगफल खडा गरेको थियो । जसमा सप्तरीकी अंजु चौधरीले ६ रन नटआउट रहे पनि अरू कुनै पनि खेलाडी ले दोहोर अंक पार गर्न सकेनन् । ४३ रन अतिरिक्त कै रूपमा जोडिएको थियो । बलिङ तर्फ महोत्तरीकी गोमा आले र रोजी खत्री २÷२ बिकेट तथा पुष्पा फुयाल, हेमा पटेल, गुडी गिरीले १÷१ बिकेट हात पारिन् ।
प्रतिउत्तरमा महोत्तरीले उक्त लक्ष्य ८ ओभर ३ बल खेल्दै २ बिकेट गुमाएर प्राप्त ग¥यो । जसमा टिमका लागि बिमला मगर अविजित रहदै २८ रन जोडेकी थिइन् । बलिङतर्फ सप्तरीकी नबिता चौधरी र मनिका चौधरीले १÷१ बिकेट हात पारिन् । खेलमा म्यान अफ दि प्लेयर महोत्तरीकी गोमा आले भइन् । उनलाई प्रदेश २ क्रिकेट संघ छनोट समितिका संयोजक मुरतुजा हवारीले कप प्रदान गरेका थिए ।
शुक्रबार लिग चरणको अन्तिम खेल अन्तर्गत पहिलो खेल सर्लाही र महोत्तरी तथा बारा र सप्तरीबिच हुने सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादबले जानकारी दिएका छन् ।
प्रदेश २ स्तरिय महिला क्रिकेटमा सिरहा फाईनलमा, महोत्तरीको पहिलो जित
सारांश
- संचालित प्रतियोगिताको बिहीबार सम्पन्न पहिलो खेलमा सिरहाले सर्लाहीलाई ८ बिकेटले पराजित गरेको छ भने दोस्रो खेलमा महोत्तरीले सप्तरीलाई ८ बिकेटले नै पराजित गरेको हो ।
- पहिलो खेलमा टस जितेर सर्लाहीले २० ओभरमा ८ बिकेट गुमाएर ८५ रन को योगफल खडा गरेको थियो ।
- जसमा सर्लाहीकी आरती सिंहले अविजित ४३ रन बनाउनु बाहेक कुनै खेलाडीले दोहोरो अंक समेत पार गर्न सकेनन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया