विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 

राजविराज राजविराज
|
शनिबार, पौष ३, २०७८
|
|
२१ पटक हेरिएको
Shares
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 

सारांश

  •     प्याब्सनका प्रमुख सल्लाहकार डा.
  • पंचदेव यादबले शिक्षाप्रति सरकारको उदासिनताका कारण शिक्षाको स्तर घट्दै गएकोले शिक्षा नीति सुधार गरे मात्र शिक्षाको बेथिति हट्ने बताए ।
  •       कार्यक्रममा शिक्षाकर्मी दिनेश यादबले बिग्रेको शिक्षा, बिग्रेका शिक्षकबाट समृद्वि शिक्षा बन्न नसक्ने बताउदै यस्तो शिक्षाबाट उत्कृष्ट नागरिक उत्पादन नहुने जिकिर गरे ।

    राजविराज÷प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिशोर साहले निजि बिद्यालयले शिक्षामा पु¥याएको योगदानको प्रशंसा गर्दै निजि बिद्यालय र सामुदायिक बिद्यालयमा भएको बेथितिलाई हटाउन हरसम्भव प्रयास गरिने बताएका छन् । 
    राजबिराजमा शनिबार सम्पन्न प्याब्सन सप्तरीको १५ औं जिल्ला अधिवेशनमा बोल्दै मन्त्री साहले निजी र सामुदायिक बिद्यालयलाई राज्यले हेर्ने फरक–फरक दृष्टिकोण र बिभेदका कारण शिक्षामा बेथिति बढेको जिकिर गरे । 
    मन्त्री साहले संघिय सरकारले प्रदेश २ लाई हेर्ने दृष्टिकोण सँगै निजि बिद्यालयलाई हेर्ने नीति र नियतका कारण शिक्षामा बिकास हुन नसकेको गुनासो गरे । 
    प्याब्सनका प्रमुख सल्लाहकार डा. पंचदेव यादबले शिक्षाप्रति सरकारको उदासिनताका कारण शिक्षाको स्तर घट्दै गएकोले शिक्षा नीति सुधार गरे मात्र शिक्षाको बेथिति हट्ने बताए । 
    कार्यक्रममा शिक्षाकर्मी दिनेश यादबले बिग्रेको शिक्षा, बिग्रेका शिक्षकबाट समृद्वि शिक्षा बन्न नसक्ने बताउदै यस्तो शिक्षाबाट उत्कृष्ट नागरिक उत्पादन नहुने जिकिर गरे ।
    कार्यक्रममा ईन्सेक प्रतिनिधि मनोहर पोखरेलले तिनै तहको सरकार आएपनि शिक्षाको बेथिति यथावतै रहेको उल्लेख गरे । 
    शिक्षक महासंघ सप्तरी अध्यक्ष दिनेश प्रसाद यादबले सामुदायिक बिद्यालय सरह निजी शिक्षकलाई पनि तालिमको व्यवस्था मिलाउनु पर्नेमा जोड दिए । शिक्षक सिकाईलाई स्थानिय निकायले सामुदायिक र निजी बिद्यालयका शिक्षक र शिक्षिकालाई स्थानिय स्तरमा शिक्षण सिकाई उपलब्ध गराउनु पर्ने माग गरे । 
    प्याब्सनका अध्यक्ष देवानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सनका सल्लाहाकार डा. कमान्नद देव, संस्थापक अध्यक्ष पुष्प सिटौला, पुर्व अध्यक्ष अनिल झा, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, युवा नेता शमभु यादब, एनप्याब्सन अध्यक्ष नरेश प्रताप साह लगायतले शुभकामना मन्तब्य दिएका थिए भने कार्यक्रम संचालन सचिव संजय शर्माले गरेका थिए । 
    यसैगरी मन्त्री साहले राजबिराज २ स्थित प्याब्सन सप्तरी कार्यालयको जग्गा दाता स्व रबिलाल चौधरीको प्रतिमाको अनावरण गरे । प्याब्सनका पुर्व अध्यक्ष डा पंचदेव यादब, डा कमान्नद देव तथा आजिवन सदस्यलाई मन्त्री साहले दोसल्ला र कदर पत्रबाट सम्मान समेत गरे । 
    यता प्याब्सन सप्तरीको नयाँ नेतृत्वका लागि अध्यक्ष र सहकोषाध्यक्ष पदमा बन्द सत्रवाट सहमति नभएमा शनिबारै दुई पदको लागि चुनाव हुने प्याब्सनका सचिव संजय शर्माले जानकारी दिए । 
    यस अघि अध्यक्ष र कोषाध्यक्ष पद वाहेक अन्य सबै पदमा सर्वसम्मति भईसकेको निर्वाचन समितिका संयोजक बिजयानन्द झाले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?