दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
नेपाल सदभावना पार्टीले नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा भाग लिने व्यवस्था मिलाउन माग गरेको छ ।
बुधवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका राष्ट्रिय अध्यक्ष राम कुमार महतोले सो माग गर्दै नागरिक्ता लिन योग्य रहेर पनि लाखौ जनता अझै नागरिक्ता विहीन रहेको जिकिर गरे । उनले मत खसाल्ने अधिकारबाट समेत बञ्चित गर्नु जनता माथी थप अन्याय हुने बताए ।
उनले आगामी निर्वाचन भन्दा पहिले संविधान संशसोधन गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको टुंगो लगाउनु पर्ने माग पनि गरे । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र सहि तरिकाले निर्धारण गरेमात्र मधेशको सन्तुष्टीलाई सम्बोधन गर्न सकिने उनको भनाई थियो ।
मधेशको अधिकारका लागी आपृmुहरु जस्तो सुकै पनि आन्दोलन गर्न तत्पर रहेको भन्दै उनले आपृmहरुले उठाएका माग बारे सरकारले गम्भीरताका साथ विचार गर्नू पर्नेमा जोड दिए ।
अध्यक्ष महतोले रसायनिक मल, विऊ, विजन सिचाई लगायतको पर्याप्त व्यवस्था गरी किसानलाई राहत पु¥याउन सरकारसंग माग समेत गरे ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय नेता दशरथ यादव, संजय कुमार महतो, जिवछ यादव, बरिष्ठ सल्लाहाकार महिदेव चौधरी लगायतले पनि बोल्दै मधेशका माग पुरा गर्न सरकारले गम्भीरतापूर्वक सोच्नु पर्नेमा जोड दिए ।
नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा भाग लिने व्यवस्था मिलाउन नेसपाको माग
सारांश
- बुधवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका राष्ट्रिय अध्यक्ष राम कुमार महतोले सो माग गर्दै नागरिक्ता लिन योग्य रहेर पनि लाखौ जनता अझै नागरिक्ता विहीन रहेको जिकिर गरे ।
- उनले मत खसाल्ने अधिकारबाट समेत बञ्चित गर्नु जनता माथी थप अन्याय हुने बताए ।
- उनले आगामी निर्वाचन भन्दा पहिले संविधान संशसोधन गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको टुंगो लगाउनु पर्ने माग पनि गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया