दैनिक समाचारदाता
राजबिराज, ६ माघ ।
आगामी फेब्रअरी १७ तारिख देखि ओमानमा हुने टि ट्वान्टी क्रिकेट विश्वकप ग्लोबल छनोट प्रतियोगिताका लागि १६ सदस्यीय टिमको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघले बिहीबार घोषणा गरेको उक्त टिममा सप्तरीका अलराउन्डर बिवेक यादव पर्न सफल भएका छन् । उनले हालै सम्पन्न प्रधानमन्त्री कप टि २० राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रदेश २ को प्रतिनिधित्व गरेका बिबेक यादव पछिल्लो समय घरेलु क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यु १९ राष्ट्रिय टिमको लागि खेलिसकेका अलराउण्डर यादवले प्रधानमन्त्री कपमा ४ खेलमा ८७ रन बनाएका थिए । गत वर्ष एभरेस्ट प्रिमियर लिगमा शानदार ब्याटिंग गरेका यादवले ५ इनिङमा १ सय १६ रन बनाएका थिए ।
सन्दिप लामिछानेको कप्तानीमा ब्याट्सम्यानहरुमा कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, आरिफ शेख, कुशल मल्ल, बिबेक यादव, प्रदिप ऐरी र लोकेश बम छन् भने बलरहरुमा करन केसी, अविनाश बोहरा, कमल सिंह ऐरी, जितेन्द्र मुखिया र शाहब आलम छनोट भएका छन् ।
नेपालले ओमानमा फ्रेबअरी १७ देखि २४ तारिखमा ग्लोबल क्वालीफायर ‘ए‘ खेल्दैछ । प्रतियोगितामा नेपालसहित आयोजक ओमान, आयरल्याण्ड, जर्मनी, फिलिपिन्स, युएई, बहराईन, क्यानडा प्रतिस्पर्धा गर्दैछन् ।
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
सारांश
- नेपाल क्रिकेट संघले बिहीबार घोषणा गरेको उक्त टिममा सप्तरीका अलराउन्डर बिवेक यादव पर्न सफल भएका छन् ।
- उनले हालै सम्पन्न प्रधानमन्त्री कप टि २० राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
- प्रदेश २ को प्रतिनिधित्व गरेका बिबेक यादव पछिल्लो समय घरेलु क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया