दैनिक समाचारदाता
राजविराज, १० माघ ।
मधेशवादका प्रणेताका रुपमा मानिएका स्व. गजेन्द्र नारायण सिंहको २० औं स्मृति दिवसको अवसरमा सोमबार राजविराजमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व समेत गरेका नेता सिंहको राजनीतिक योगदानको स्मरण गर्दै स्मृति दिवस मनाइएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र सप्तरीले शालिकमा माल्यार्पण, बिरामीलाई फलफुल बितरण तथा अन्तरक्रिया कार्यक्रम गरि स्मृति दिवस मनाएको छ ।
सो अवसरमा गजेन्द्र नारायण सिंह अस्पताल हाताभित्र संचालित पोषण पुनंस्र्थापना केन्द्रका बिरामीहरुलाई फलफुल बितरण, गजेन्द्र चौक र अन्य स्थानमा रहेको स्व. सिंहको शालिकमा माल्यार्पण तथा गजेन्द्र नारायण अध्ययन केन्द्रमा अन्तरक्रिया लगायतको कार्यक्रम आयोजना गरिएको छ ।
गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपा नेता जयप्रकाश ठाकुर, शैलेश चौधरी, दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, बिनोद सिंह, मनोज झा, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, मधेशी निजामति कर्मचारी आधिकारिक टे«ड युनियनका अध्यक्ष अजय झा, अध्ययन केन्द्रका सदस्य चन्द यादव लगायतले मधेश अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका स्व. सिंहको राजनीतिक योगदानको स्मरण गरेका थिए ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका घर भएका सिंहले २०४७ सालमा सद्भावना परिषद् हुँदै नेपाल सद्भावना पार्टीको गठन गरेका थिए ।
स्व. गजेन्द्र नारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम
सारांश
- मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व समेत गरेका नेता सिंहको राजनीतिक योगदानको स्मरण गर्दै स्मृति दिवस मनाइएको हो ।
- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र सप्तरीले शालिकमा माल्यार्पण, बिरामीलाई फलफुल बितरण तथा अन्तरक्रिया कार्यक्रम गरि स्मृति दिवस मनाएको छ ।
- सो अवसरमा गजेन्द्र नारायण सिंह अस्पताल हाताभित्र संचालित पोषण पुनंस्र्थापना केन्द्रका बिरामीहरुलाई फलफुल बितरण, गजेन्द्र चौक र अन्य स्थानमा रहेको स्व.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया