जनमत पार्टीद्वारा राजमार्ग ठप्प, प्रहरीसँगको झडपमा एक घाइते, एक दर्जन पक्राउ

राजविराज राजविराज
|
बिहिबार, माघ २०, २०७८
|
|
२७ पटक हेरिएको
Shares
जनमत पार्टीद्वारा राजमार्ग ठप्प, प्रहरीसँगको झडपमा एक घाइते, एक दर्जन पक्राउ

सारांश

  •     किसानसँग सम्बन्धीत विभिन्न माग लिएर आन्दोलनमा उत्रेको जनमत पार्टीले बिहीबारदेखी राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको हो ।
  •       यस क्रममा जिल्लाको भारदह, रुपनी, कल्याणपुर, पोर्ताहा लगायतका स्थानमा बिहानैदेखी जनमत पार्टीका कार्यकर्ताहरु टायर बालेर प्रदर्शन गर्नुका साथै आवागमन समेत अवरुद्ध पारेका छन् ।
  •       जनमतका कार्यकर्ताहरुले विहानैदेखि लोकमार्गमा टेन्ट लगाएर बसेका कार्यकर्ताहरुले लोकमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २० माघ । 
    डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले बिहीबार बिहानैदेखी पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको विभिन्न स्थानमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् । 
    किसानसँग सम्बन्धीत विभिन्न माग लिएर आन्दोलनमा उत्रेको जनमत पार्टीले बिहीबारदेखी राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको हो । 
    यस क्रममा जिल्लाको भारदह, रुपनी, कल्याणपुर, पोर्ताहा लगायतका स्थानमा बिहानैदेखी जनमत पार्टीका कार्यकर्ताहरु टायर बालेर प्रदर्शन गर्नुका साथै आवागमन समेत अवरुद्ध पारेका छन् । 
    जनमतका कार्यकर्ताहरुले विहानैदेखि लोकमार्गमा टेन्ट लगाएर बसेका कार्यकर्ताहरुले लोकमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् । किसान आन्दोलन झण्डै डेढ महिनादेखि भइरहँदा पनि सरकारले आफूहरुको माग नसुनेको भन्दै किसानहरु लोकमार्ग बन्द गरी प्रदर्शनमा उत्रेका हुन् ।


    आवागमन खुलाउने प्रहरीले बल प्रयोग गर्दा सप्तरीको भारदहमा जनमत पार्टीका कार्यकर्ता शंकर खडगा घाइते भएका छन् । उनको खुटामा गम्भिर चोट लागेपछि शल्यक्रिया गरिएको छ ।  
    यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले गाडी खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा भाग्ने क्रममा जनमतका एक जना कार्यकर्ताको घाइते भएको तथा तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।  
    जनमत पार्टीका जिल्ला सचिव थानेश्वर साहले  भारदहबाट जनमतका ललित यादव, पिंकु मण्डल, नरेश अधिकारी तथा रुपनीबाट रामअवतार यादव सन्तोष इशर, महेश यादव, कुशेश्वर माझी लगायत एक दर्जन कार्यकर्ता पक्राउ जानकारी दिएका छन् । 
    यस्तै सिरहाको लहानबाट सप्तरीको सुरुङ्गा नगरपालिकाका अध्यक्ष संजय साहलाई प्रहरीले पक्राउ गरेको छ । 
    यसैबीच राजमार्गमा आवागमन सुचारु गराउन प्रहरीले ठाउँ ठाउँमा बल प्रयोग गर्नुपर्दा दिनभर स्थिति तनावपूर्ण थियो । राजमार्ग बन्द सफल पार्न गाउँ गाउँबाट संयौको संख्यामा जनमत पार्टीका कार्यकर्ताहरु बिहानैदेखी प्रदर्शनमा उत्रेका थिए । 
    जनमत पार्टीले किसानलाई समयमा मलखाद उपलब्ध गराउन, उखु किसानको भुक्तानी गराउन, किसान कार्डको व्यवस्था गर्न, किसानलाई पेन्सनको व्यवस्था गर्न, कृषिकलाई निःशुल्क विजुली दिनलगायतको माग राख्दै किसान आन्दोलन गर्दै आएका छन् ।
    पुस ९ गतेदेखि किसानहरुले विभिन्न चरणको विरोधका कार्यक्रमहरु गरिसके पनि सरकारले मागप्रति सुनवाई नगरेपछि विहीबारबाट सडकमै बस्ने खाने गरी लोकमार्ग अवरुद्ध गरेर प्रदर्शन सुरु भएको हो ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिम्मेवार व्यक्तिले चासो नदेखाउँदा खेलकुदमा तालाबन्दी कायमै 
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ
प्रदेश सरकारको नियत ठिक छैन ः सहसंयोजक चौधरी 
प्रदेश सरकारको नियत ठिक छैन ः सहसंयोजक चौधरी 
लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
जलेश्वरका मेयर, उपमेयरसहित १२ जना बिरुद्ध भ्रष्टचार सम्बन्धी मुद्दा दायर
जलेश्वरका मेयर, उपमेयरसहित १२ जना बिरुद्ध भ्रष्टचार सम्बन्धी मुद्दा दायर
चेसमा स्वर्ण पदक बिजेता दास सम्मानित 
चेसमा स्वर्ण पदक बिजेता दास सम्मानित 
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने 
काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने 
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र