फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १६, २०७८
|
|
२१ पटक हेरिएको
Shares
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे

सारांश

  •     सो अधिवेशनका लागि निर्वाचन समितीले सोमबार निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
  • तालिका अनुसार फागुन १८ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र फागुन २० गते शुक्रवार काँग्रेसको जिल्ला अधिवेशन गरिने तय भएको छ ।
  •       निर्वाचन समितीका प्रमुख डा.

दैनिक समाचारदाता
राजबिराज, १६ फागुन । 
    नेपाली काँग्रेस सप्तरीको आगामी फागुन २० गते हुने अधिवेशनका लागि संस्थापन पक्षतर्फ सभापतिका उम्मेदवार शत्रुधन प्रसाद यादव र इतर पक्षका उम्मेदवार रामदेव साह अन्तिम चरणको प्रचारमा जुटेका छन् । 
    सो अधिवेशनका लागि निर्वाचन समितीले सोमबार निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । तालिका अनुसार फागुन १८ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र फागुन २० गते शुक्रवार काँग्रेसको जिल्ला अधिवेशन गरिने तय भएको छ । 
    निर्वाचन समितीका प्रमुख डा.रुद्रनारायण शर्माले स्थानीय गजेन्द्रनारायण सिह औधोगिक क्षेत्रमा हुने निर्वाचनको सम्र्पुण तयारी पुरा भएको जानकारी दिदै अधिवेशनमा कुल २ हजार ५ सय ६८ मतदाता रहेको बताए । 
    यता दुबै उम्मेदवार मत आप्mनो पक्षमा पार्न प्यानल बनाई प्रचार गरिरहेका छन् । शत्रुधन देउवा पक्ष र रामदेव डा.शेखर कोईराला पक्षबाट सभापतीका उम्मेदवार बनी चुनावी मैदानमा उत्रिएका हुन् । 
    शत्रुधन यादवलाई वर्तमान सभापती समेत रहेका केन्द्रिय सदस्य दिनेश कुमार यादवको समर्थन छ भने रामदेवलाई संघिय साँसद तेजुलाल चौधरीको समर्थन प्राप्त छ । आफ्नो समर्थन रहेको उम्मेदवारलाई प्यानलसहित जिताउन देउवा पक्षीय केन्द्रिय सदस्य यादव र इतर पक्षका संघिय साँसद चौधरी भोट माग्दै निकै दौडधुप गरिरहेको देखिन्छ । 
    सभापती पदका उम्मेदवार शत्रुधन र रामदेव पनि टिम बनाई घरदैलो,कोठे बैठक र ब्यक्तीगत रुपमा भोट माग्ने कार्यलार्य तिब्र बनाएको छ । रामदेव अघिल्लो निर्वाचनमा वर्तमान सभापती दिनेश कुमार यादवसंग १ सय ४ मतले पराजित भएका थिए । शत्रुघन भने सचिव पदमा निर्वाचित भएका थिए । 
    सर्वसम्मत नेतृत्वका लागी भन्दै केन्द्रिय सदस्य समेत रहेका वर्तमान जिल्ला सभापती दिनेश कुमार यादवको संयोजकत्वमा डा.सुबोध पोखरेल र भागवत यादव सदस्य रहने गरी एक कार्यदल समेत गठन गरिएको छ । अहिले सम्म सफलता नमिलेको र निर्वाचनबाटै नेतृत्वको टुंगो लगाउने अवस्था रहेको कार्यदलका सदस्य डा.सु्बोध पोखरेलले बताए । यद्यपी अन्तिम क्षण सम्म प्रयास जारी राख्ने उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
बिपन्न परिवारका लागी तरकारीखेती लाफदायक बन्दै
बिपन्न परिवारका लागी तरकारीखेती लाफदायक बन्दै
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
कुटपिट गर्दै जग्गा मिचेको आरोप
कुटपिट गर्दै जग्गा मिचेको आरोप
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
न्यायपालिकालाई सरकारले गोजीमा राख्न खोजेको छ ः अध्यक्ष यादव
न्यायपालिकालाई सरकारले गोजीमा राख्न खोजेको छ ः अध्यक्ष यादव
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन
एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते
वडाध्यक्षको रिहाइको माँग गर्दै आजदेखि शम्भुनाथ नगरपालिकाको कामकाज बन्द