मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह

राजविराज राजविराज
|
मंगलबार, चैत्र १, २०७८
|
|
२७ पटक हेरिएको
Shares
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह

सारांश

  •     मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारि गर्दै मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, जबरजस्ती रंग अबर दल्ने, लोला हाल्नेलगायतका कार्य नगर्न सचेत गराएको छ ।
  •       प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आपसी सद्भावको पर्व होली संयमित, सुरक्षित र मर्यादित ढंगले मनाउन सबैमा अनुरोध गरेका छन् ।
  •       उनले होली पर्वका अवसरमा कुनै अप्रिय घटना हुन नदिन बजारमा शान्ति सुरक्षाका लागि उचित प्रवद्र्धन मिलाइएको जानकारी दिँदै कोरोनाको जोखिम कायमै छ, सकभर घरमै बसेर सुरक्षित होली मनाउदा उपयुक्त हुने बताए ।

दैनिक समाचारदाता
राजविराज, १ चैत । 
    स्थानिय प्रशासनले सुरक्षित र मर्यादित रुपमा होली पर्व मनाउन सबैसँग अनुरोध गरेको छ । 
    मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारि गर्दै मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, जबरजस्ती रंग अबर दल्ने, लोला हाल्नेलगायतका कार्य नगर्न सचेत गराएको छ । 


    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आपसी सद्भावको पर्व होली संयमित, सुरक्षित र मर्यादित ढंगले मनाउन सबैमा अनुरोध गरेका छन् । 
    उनले होली पर्वका अवसरमा कुनै अप्रिय घटना हुन नदिन बजारमा शान्ति सुरक्षाका लागि उचित प्रवद्र्धन मिलाइएको जानकारी दिँदै कोरोनाको जोखिम कायमै छ, सकभर घरमै बसेर सुरक्षित होली मनाउदा उपयुक्त हुने बताए । 
    यसैबीच रंग र उमङ्गको पर्वको रुपमा रहेको होली पर्वको अन्तिम तयारीमा यहाँका यूवाहरु जुटेका छन् । यस पटक पहाडमा बिहीबार र तराई मधेश क्षेत्रमा शुक्रबार होली पर्व मनाइने छ । 
    होलीको अवसरमा मिडिया विथ टेक्नोलोजि नामक संस्थाले बुधबार महामूर्ख सम्मेलन तथा होली गायन प्रतियोगिता लगायतका विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । 
    गाउँघरका विभिन्न कला तथा सांस्कृतिक समूहले पनि मट्का फोड र होली गायन लगायतका कार्यक्रम गर्ने विशेष तयारी गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?