दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
सप्तरीको सप्तकोशी नगरपालिकास्थित बस पार्कबाट प्रहरीले एक यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका वडा नं. १ निवासी २० वर्षिय सुजन नेपाल छन् । प्रहरी चौकि फत्तेपुरबाट खटिएका गस्ति टोलिले बुधबार साँझ वडा नं. ९ स्थित बस पार्कमा शंकास्पद अबस्थामा हिडडुल गरिरहेका नेपाललाई शरिरको खानतलासी गर्दा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
उनले लगाएको निलो रङगको जिन्स पाईन्टको अगाडी पट्टिको गोजिबाट लागुऔषध नाइट्रोजन ८४ वटा ट्याबलेट प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
बरामद गरिएको लागुऔषधसहित पक्राउ परेका नेपाललाई कानुनी प्रक्रिया पुरा गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित एक यूवक पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका वडा नं.
- १ निवासी २० वर्षिय सुजन नेपाल छन् ।
- प्रहरी चौकि फत्तेपुरबाट खटिएका गस्ति टोलिले बुधबार साँझ वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया