दैनिक समाचारदाता
राजविराज, ११ जेठ ।
स्थानिय तहको निर्वाचनमा राजविराज नगरपालिकामा काँग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार रहेका इर्साद अन्सारीले आफूहरु नगर विकासका लागि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।
“सकारात्मक काममा सहयोग तथा नकारात्मक काममा सशक्त प्रतिपक्षको रुपमा प्रस्तुत हुने छौं, राजविराजमा बुधबार काँग्रेसबाट नवनिर्वाचितहरुको सम्मान तथा मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले भने, “हामीले पराजयको सामना गर्नु परे पनि अघिल्लो निर्वाचनको तुलनामा दोब्बर मत ल्याई शक्ति संचयन गर्न सफल भएका छौं ।
उनले निर्वाचनमा पराजित भए पनि राजनीति र विचार कहिले पनि पराजित नहुने तर्क प्रस्तुत गर्दै आगामी निर्वाचनको तयारी अहिले देखी नै सुरु गर्न सहयोगी तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा काँग्रेसको तर्फबाट नगर उपप्रमुखको उम्मेदवार रहेकी शुसिला यादवले पनि मतदातालाई धनयवाद तथा काँग्रेसको तर्फबाट विभिन्न वडामा निर्वाचित भएकाहरुलाई बधाई दिँदै उच्च मनोवलका साथ जनहितका कार्य गर्न सुझाव दिए ।
काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ ः मेयर प्रत्यासी अन्सारी
सारांश
- “सकारात्मक काममा सहयोग तथा नकारात्मक काममा सशक्त प्रतिपक्षको रुपमा प्रस्तुत हुने छौं, राजविराजमा बुधबार काँग्रेसबाट नवनिर्वाचितहरुको सम्मान तथा मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले भने, “हामीले पराजयको सामना गर्नु परे पनि अघिल्लो निर्वाचनको तुलनामा दोब्बर मत ल्याई शक्ति संचयन गर्न सफल भएका छौं ।
- उनले निर्वाचनमा पराजित भए पनि राजनीति र विचार कहिले पनि पराजित नहुने तर्क प्रस्तुत गर्दै आगामी निर्वाचनको तयारी अहिले देखी नै सुरु गर्न सहयोगी तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
- कार्यक्रममा काँग्रेसको तर्फबाट नगर उपप्रमुखको उम्मेदवार रहेकी शुसिला यादवले पनि मतदातालाई धनयवाद तथा काँग्रेसको तर्फबाट विभिन्न वडामा निर्वाचित भएकाहरुलाई बधाई दिँदै उच्च मनोवलका साथ जनहितका कार्य गर्न सुझाव दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया