मतदाता नामावली संकलन प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड 

राजविराज राजविराज
|
आइतबार, आषाढ ५, २०७९
|
|
२० पटक हेरिएको
Shares
मतदाता नामावली संकलन प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड 

सारांश

  •     उक्त कार्यक्रममा संस्थाका दलित अगुवा तथा अभियन्ता भोला पासवानले मतदाता नामावलीमा महिला, दलितसहित सिमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
  •       मतदाता नामावलीमा दलित, महिलाहरू छुटेकोले त्यस्ता मतदाताहरूलाई समाबेश गर्न निर्वाचन कार्यालय कार्यालयले वडास्तरमा टोली खटाएर टोकन प्रक्रिया अपनाई ब्यबस्थापन गरी मतदाता नामावली समाबेश गर्नुपर्ने उनले सुझाव दिए ।
  •       सो अवसरमा राजबिराज नगरपालिका वडा १० का वडा अध्यक्ष गंगाराम खंगले दलित, महिला वर्गमा जनचेतनालाई सचेत गराएर छुटेका मतदाता नामवली संकलन गर्नुपर्ने सुझाव दिए ।

दैनिक समाचारदाता
राजविराज, ५ असार । 
    मतदाता नामावलीमा महिला, दलितलगायत सिमान्तकृत समुदायको पहुँच सुनिश्चिताका लागि मतदाता संकलन प्रक्रियालाई सहज बनाउनुपर्नेमा सरोकारवाला निकायले माग गरेका छन ।     आईतवार राजबिराजमा दलित सरोकार मंच कंचनरूप नगरपालिका ८ द्वारा आयोजित जिल्ला स्थित सरोकारवाला सँगको अन्तरक्रिया कार्यक्रम सरोकारवाला निकायहरूले सो माग गरेका हुन् ।  
    उक्त कार्यक्रममा संस्थाका दलित अगुवा तथा अभियन्ता भोला पासवानले मतदाता नामावलीमा महिला, दलितसहित सिमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए । 
    मतदाता नामावलीमा दलित, महिलाहरू छुटेकोले त्यस्ता मतदाताहरूलाई समाबेश गर्न निर्वाचन कार्यालय कार्यालयले वडास्तरमा टोली खटाएर टोकन प्रक्रिया अपनाई ब्यबस्थापन गरी मतदाता नामावली समाबेश गर्नुपर्ने उनले सुझाव दिए । 
    सो अवसरमा राजबिराज नगरपालिका वडा १० का वडा अध्यक्ष गंगाराम खंगले दलित, महिला वर्गमा जनचेतनालाई सचेत गराएर छुटेका मतदाता नामवली संकलन गर्नुपर्ने सुझाव दिए । 
    जिल्ला निर्वाचन कार्यालय प्रमुख रमेश कुमार जोशीले जनशक्तीको अभावका कारण मतदाता नामावली संकलन गर्न कठिनाई हुने गरेको बताए । उनले मतदाता नामावली संकलन गर्न नियमित प्रक्रिया भएकोले मतदाता नामावलीमा नाम दर्ता गरी आप्mनो मतदाता नामावलीमा नाम सुरक्षित गर्न आग्रह गरे । 
    कार्यक्रममा बिष्णुपुर गाउपालिका कार्यपालिका सदस्य अशोक राम, निर्वतमान जिसस सदस्य लक्ष्मी साफी, दलित अगुवा बौवा लाल शर्मा (खंग), महिला अगुवा मालती सदा लगायतले मतदाता नामावली संकलन कार्यलाई सहज बनाई मतदाता शिक्षा संचालन गर्न सुझाव दिएका थिए भने कार्यक्रमको संचालन संस्थाका राजकुमार पासवानले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?