धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 

राजविराज राजविराज
|
बुधबार, आषाढ २२, २०७९
|
|
२८ पटक हेरिएको
Shares
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 

सारांश

  •     राजविराज नगरपालिका ८ स्थित राधाकृष्ण मन्दिर परिसरमा बुधवार सम्पन्न फाइनल खेलमा झापालाई ४४–२७ अंकको अन्तरले हराउँदै सो उपाधिमाथि जित हासिल गरेको हो ।
  •       फाइनल खेलमा जितसँगै धनुषाले ट्रफी र नगद ५० हजार हात पारेको छ ।
  • उपविजेता झापाले नगद ३५ हजार र ट्रफीमा चित्त बझायो ।

दैनिक समाचारदाता
राजविराज, २२ असार । 
    राजविराजमा संचालित प्रथम राष्ट्रिय महिला आमन्त्रण कबडी प्रतियोगिताको उपाधि धनुषाले जितेको छ । 
    राजविराज नगरपालिका ८ स्थित राधाकृष्ण मन्दिर परिसरमा बुधवार सम्पन्न फाइनल खेलमा झापालाई ४४–२७ अंकको अन्तरले हराउँदै सो उपाधिमाथि जित हासिल गरेको हो । 
    फाइनल खेलमा जितसँगै धनुषाले ट्रफी र नगद ५० हजार हात पारेको छ । उपविजेता झापाले नगद ३५ हजार र ट्रफीमा चित्त बझायो । 
    फाइनल खेलको ओमेन अफ द म्याच धनुषाकी विद्या साह घोषित भइन । यस्तै वेस्ट रेडर झापाकी राधिका कुँवर र वेस्ट डिफेन्डर धनुषाकी सिता साह घोषित भइन । 
    आयोजित प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर, धनुषा र सप्तरीका गरी कुल छ टिमको सहभागीता रहेको थियो । 
    प्रतियोगिता समाप्ती पछि जिल्ला कबडी संघका अध्यक्ष धिरेन्द्र वर्माको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी राजविराज नगरपालिकाका मेयर भिमराज यादव, प्रतियोगिता मुल व्यवस्थापन समितिका संयोजक एवम् अखिल नेपाल कबडी संघका कोषाध्यक्ष अरविन्द झा, सचिव रतिया राजवंशी, जिल्ला उपाध्यक्ष अखिलेश झा लगायतले विजेता उपविजेतालाई पुस्कार वितरण गरेका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलेश्वरका मेयर, उपमेयरसहित १२ जना बिरुद्ध भ्रष्टचार सम्बन्धी मुद्दा दायर
जलेश्वरका मेयर, उपमेयरसहित १२ जना बिरुद्ध भ्रष्टचार सम्बन्धी मुद्दा दायर
लामो समयदेखी सडक नबन्दा सास्ती भोग्नु परेको भन्दै चक्काजाम
लामो समयदेखी सडक नबन्दा सास्ती भोग्नु परेको भन्दै चक्काजाम
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष
अपाङगता भएका व्यक्तिलाई ई. यादवको सहयोग
अपाङगता भएका व्यक्तिलाई ई. यादवको सहयोग
दूध ब्यवसायका लागि तीन दिने तालिमको आयोजना
दूध ब्यवसायका लागि तीन दिने तालिमको आयोजना
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
बाढीग्रस्त क्षेत्रमा एकैदिन तिन बाढीपीडित सर्पदंशबाट घाईते