घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी

राजविराज राजविराज
|
सोमबार, भाद्र ६, २०७९
|
|
१९ पटक हेरिएको
Shares
घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी

सारांश

  •     स्थानिय ७० वर्षिय श्याम देवलाई उनी सुतिरहेकै कोठामा चोरले थुनेर दुई वटा कोठाबाट लाखौंको धनमाल चोरेर फरार भएको प्रहरीले जनाएको छ ।
  •       श्याम देवका कान्छा छोरा डा.
  • विमलका अनुसार घरबाट करिब १०÷११ तोला सुनको गरगहना, १ किलो चाँदीका गरगहना, नगद २५ हजार साईकल १ थान र अन्य केही सरसमान चोरी भएको हो ।

दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।

    राजविराज नगरपालिका वडा नं. २ राजदेवी चौकमा आइतबार राती चोरले घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी गरी फरार भएका छन् । 
    स्थानिय ७० वर्षिय श्याम देवलाई उनी सुतिरहेकै कोठामा चोरले थुनेर दुई वटा कोठाबाट लाखौंको धनमाल चोरेर फरार भएको प्रहरीले जनाएको छ । 
    श्याम देवका कान्छा छोरा डा.विमलका अनुसार घरबाट करिब १०÷११ तोला सुनको गरगहना, १ किलो चाँदीका गरगहना, नगद २५ हजार साईकल १ थान र अन्य केही सरसमान चोरी भएको हो । 
    उनका अनुसार बुवा श्यामदेव आईतवार राती करिब ११ बजे तीर खाना खाएर कोठामा एक्लै सुतेका थिए । परिवारका अन्य सदस्य सहित आफु पनि सोही दिन काम विषेशले बाहिर गएको चोरले सुईको पाएपछि सो घट्ना गरेको उनको भनाइ छ । चोरले बुवा सुतेको कोठमा बाहिरबाट चुकुल लगाई अन्य दुई कोठामा रहेको तीन वटा दराज र एउटा सन्दुक फुटाएर सो परिमाणको सम्पत्ती चोरी गरी लगेको उनले बताए ।
    घट्नास्थलबाट १० मिटर मात्रको दुरीमा प्रहरीको विट रहेको छ । यस्तो अवस्थामा पनि चोरी हुनु अनौठो र आश्र्चयको विषय भएको उनको भनाइ छ । 
    प्रहरी बिट नजिकैको घरमा चोरी भएपछि छरछिमेकका वासिन्दा समेत त्रसित छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले चोरी घट्नाको सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए । उनले शंकास्पद २÷३ जनालाई नियन्त्रणमा लिई सोधपुछ भईरहेको र छिट्टै चोर पत्ता लाग्ने दावी गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुटु एक समस्या अनेक
मुटु एक समस्या अनेक
सात वर्षअघि छुटेका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिने तयारी
सात वर्षअघि छुटेका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिने तयारी
तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ 
तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ 
ठूलो परिमाणमा पटाका बरामद
ठूलो परिमाणमा पटाका बरामद
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प
सद्भावना पार्टीद्वारा संविधान संशोधनको माग
सद्भावना पार्टीद्वारा संविधान संशोधनको माग
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
अत्याधुनिक ओसिटी तथा मायोपिया मेशिनबाट आँखाको उपचार शुरु
अत्याधुनिक ओसिटी तथा मायोपिया मेशिनबाट आँखाको उपचार शुरु