झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २४, २०७९
|
|
१६ पटक हेरिएको
Shares
झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट

सारांश

  •     अदालतले शुक्रबार संचारकर्मीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिएको हो ।
  • अदालतका सूचना अधिकारी हरिशंकर महतोले सो जानकारी दिँदै गत आ.
  • ब.

दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।

    उच्च अदालत जनकपुर राजविराज इजलाशले चालु आ.ब.को झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट गरेको छ । 
    अदालतले शुक्रबार संचारकर्मीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिएको हो । अदालतका सूचना अधिकारी हरिशंकर महतोले सो जानकारी दिँदै गत आ.ब.को २ हजार ६ सय २ मुद्दा जिम्मेवारी सरेको, नयाँ दर्ता ५ सय ११ गरि ३ हजार १ सय १३ मध्ये उक्त प्रतिशत मुद्दा फछयौट भएको बताए । 
    उनले चालु आ.ब.को भदौं २४ गतेसम्म ४ सय ३५ मुद्दा फछयौट भएकोमा बाँकी मुद्दाहरु गरि ७५ दशमलब २४ प्रतिशत मुद्दाहरु फछयौट गर्ने लक्ष्य राखेको जनाए । उनले चालु आ.ब. मा २ हजार ५ सय ५२ अनुमानित नयाँ मुद्दा दर्ता गरि ५ हजार १ सय ५४ मध्ये ३ हजार ८ सय ७८ मुद्दाहरु फछयौट गर्ने अदालतको लक्ष्य रहेको बताए ।
    सोही अन्तरक्रियामा अदालतका मुख्य न्यायाधिश हरिप्रसाद भण्डारीले गत वर्ष बारको आन्दोलन तथा कोभिडको महामारीका लक्ष्य अनुरुप सफलता प्राप्त गर्न नसकेको उल्लेख गरे । उनले मुद्दाको चापलाई ध्यानमा राख्दै आफूहरुले मुद्दा फछयौट गर्ने कार्यलाई सक्दो छिटै टुङ्गयाउनेतर्फ प्रयास गरिरहेको बताए । 
    अदालतबाट सेवाग्राहीलाई प्रवाह हुने निशुल्क कानुनी उपचार, मिट द जज तथा समुदायस्तरमा पुगेर न्यायका बारे जानकारी तथा विभिन्न परामर्श दिने कार्यलाई समेत उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको जिकिर समेत गरे । 
    सो अवसरमा न्ययाधिश इश्वरराज आचार्य, रजिष्टार रामप्रसाद भटराई, उपरजिष्टार उज्जवल न्यौपाने, आइटी अफिसर ओमप्रकाश यादव, नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
हात्तीद्वारा पाँच घरमा तोडफोड
हात्तीद्वारा पाँच घरमा तोडफोड
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
पुसी पूर्णिमाको अवसरमा आधा दर्जन बढी पालिकाले दिए सार्वजनिक विदा
पुसी पूर्णिमाको अवसरमा आधा दर्जन बढी पालिकाले दिए सार्वजनिक विदा
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
राजविराज विमानस्थलबाट उडान सेवा ठप्प
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल