पर्यटन वर्ष २०२२ को शुभारम्भ 

राजविराज राजविराज
|
मंगलबार, आश्विन ११, २०७९
|
|
२० पटक हेरिएको
Shares
पर्यटन वर्ष २०२२ को शुभारम्भ 

सारांश

  •     होटल तथा पर्यटन व्यवसायी संघ सप्तरीको अगुवाईमा मंगलवार भारतीय पर्यटक भित्रीने प्रवेशद्वार भारदहस्थित प्रसिद्ध शक्तीपीठ कंकालिनी भगवती मन्दिर तथा राजविराज विमानस्थलमा आईपुगेका स्वदेशी एवं विदेशी पाहुनालाई स्वागत गरेर पर्यटन वर्ष २०२२ को शुभारम्भ गरिएको हो ।
  •       यस अवसरमा सप्तरी उधोग बाणिज्य संघको सभाकक्षमा शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरिएको छ ।
  •       सो कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागी मास्टर प्लान बनाएर बिकास गर्न सकिने बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ११ असोज ।

    स्वदेशी तथा विदेशी अतिथीहरुको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी सप्तरीका होटल तथा पर्यटन व्यवसायीले विश्व पर्यटन वर्ष २०२२ को शुभारम्भ गरेका छन् । 
    होटल तथा पर्यटन व्यवसायी संघ सप्तरीको अगुवाईमा मंगलवार भारतीय पर्यटक भित्रीने प्रवेशद्वार भारदहस्थित प्रसिद्ध शक्तीपीठ कंकालिनी भगवती मन्दिर तथा राजविराज विमानस्थलमा आईपुगेका स्वदेशी एवं विदेशी पाहुनालाई स्वागत गरेर पर्यटन वर्ष २०२२ को शुभारम्भ गरिएको हो । 
    यस अवसरमा सप्तरी उधोग बाणिज्य संघको सभाकक्षमा शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरिएको छ । 

    सो कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागी मास्टर प्लान बनाएर बिकास गर्न सकिने बताएका छन् । 
    उनले जिल्लाको पर्यटन क्षेत्रको बिकासका लागि धार्मिक पर्यटन क्षेत्रहरूको होडिंग बोड राखी ब्याप प्रचार प्रसार, पर्यटकहरूको ब्यबस्थित बसोवास गरी सबैको समन्वयमा पर्यटन क्षेत्रको बिकास गर्न सकिने उल्लेख गरे । 
    होटल तथा पर्यटन व्यवसायी संघ सप्तरीका अध्यक्ष शैलेश चौधरीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, मधेश प्रदेश उधोग बाणिज्य संघका उपाध्यक्ष अरुण प्रधान, जिल्ला अध्यक्ष लालु प्रसाद अग्रवाल, नाटाका प्रदेश उपाध्यक्ष हैदर अली, समाजसेवी सम्पत कोइराला, उमेश यादव लगायतले स्वागत सहित शुभकामना दिए । 
    कार्यक्रमका अधिकाँश वक्ताले कोभिड पछिको पर्यटनलाई अगाडी बढाउन सरकारी तवरबाट हुनु पर्ने सहयोग नपाएको गुनासो पोखे । उनीहरुले मुलुकको अर्थतन्त्रमा पर्यटन तथा होटल उधोगले ठुलो योगदान गरेको चर्चा गर्दै होटल उधोगलाई राष्ट्रि प्राथमिकतामा राख्न माग समेत गरे । 
    यसअघि मंगलबारै जिल्लाको हनुमाननर कंकालिनी नगरपालिकास्थित कंकालिनी मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्रोत्साहनका पर्यटकहरुलाई फुलमालाले स्वागत गरिएको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड
महिला सशक्तिकरणको लागि  छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा
महिला सशक्तिकरणको लागि  छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै
लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै
महदेवाका हजरत अस्पताल परिसरमै लुटिए
महदेवाका हजरत अस्पताल परिसरमै लुटिए
महादेव मन्दिर परिसरको इनारमा सर्प 
महादेव मन्दिर परिसरको इनारमा सर्प 
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
उर्जा र सिंचाई क्षेत्रको विकास उच्च प्राथमिक्तामा ः मन्त्री रजक
उर्जा र सिंचाई क्षेत्रको विकास उच्च प्राथमिक्तामा ः मन्त्री रजक

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह