मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार

राजविराज राजविराज
|
बुधबार, आश्विन १२, २०७९
|
|
३५ पटक हेरिएको
Shares
मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार

सारांश

  •     साहुकार साहको चर्को मिटर ब्याजको चंगुलमा फसेका उनी बस्दै आएको घर पनि गुमाउने अवस्थामा पुगेपछि न्यायका लागि सहयोगको याचना गरेका छन् ।
  •       बुबा दुखिलालले साहुकार पवनसँग ८ वर्ष ७ महिनाअघि लिएको १ लाख १५ हजार ऋणको रकम अहिले २० लाख भन्दा बढी पुगेको छ ।
  • हुने चलनचल्ती ब्याज दरमा लिएको ऋण मध्ये केही रकम बुझाइसकेको र बाँकी रकम चुक्ता गर्न तयार हुँदा पनि ऋण लिदा गरिएको जग्गापास र कागज फिर्ता नगरि बस्दै आएको एक मात्र घर पनि खाली गर्न दबाब दिँदै आएको विशेश्वरले बताए ।

दैनिक समाचारदाता
राजविराज, १२ असोज । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ का ४२ वर्षिय विशेश्वर शर्मा बरही र उनका परिवारजन साहुकार पवनकुमार साहको ऋणको फन्दामा परेका छन् ।
    साहुकार साहको चर्को मिटर ब्याजको चंगुलमा फसेका उनी बस्दै आएको घर पनि गुमाउने अवस्थामा पुगेपछि न्यायका लागि सहयोगको याचना गरेका छन् । 
    बुबा दुखिलालले साहुकार पवनसँग ८ वर्ष ७ महिनाअघि लिएको १ लाख १५ हजार ऋणको रकम अहिले २० लाख भन्दा बढी पुगेको छ । हुने चलनचल्ती ब्याज दरमा लिएको ऋण मध्ये केही रकम बुझाइसकेको र बाँकी रकम चुक्ता गर्न तयार हुँदा पनि ऋण लिदा गरिएको जग्गापास र कागज फिर्ता नगरि बस्दै आएको एक मात्र घर पनि खाली गर्न दबाब दिँदै आएको विशेश्वरले बताए । 
    बुबा बितिसकेको अवस्था उनले लिएको रकमको धेरै ब्याज तिरिसकेको भएपनि अहिले २० लाख ६६ हजार ७ सय ४१ रुँपैया नदिएसम्म कागज फिर्ता नगर्ने पवनले अडान लिदा आफुहरु घर न घाटका भएको बताए । 
    उनले यसबारे गाउँमा पटक पटक पंचायती बस्दा पनि पवन निर्णय मान्न तयार नभएको गुनासो पोखे । उनले पंचायतमा भएको सहमति अनुसारको रकम तिर्न तयार भएपनि धितो वापत झुक्याएर मालपोत कार्यालयमा लिखत पास गरिएको जग्गा फिर्ता गर्न पवन नमानेकाले आफूहरु समस्यामा परेको बताए । 
    विशेश्वरले सात दिन अघि जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दिएका छन् । जिल्ला प्रशासन कार्यालयले सोही दिन सक्कलै निवेदनसहित प्रहरी र गाउँपालिकाको न्यायिक समितिलाई पत्राचार गरि उक्त विषयमा आवश्यक पहल गर्न अनुरोध गरेको सुनाउँदै उनले हालसम्म कुनै पहल नभएको बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तकोशीमा पानीको बहाव उच्च वर्षाले सप्तरीको जनजिवन प्रभावित
सप्तकोशीमा पानीको बहाव उच्च वर्षाले सप्तरीको जनजिवन प्रभावित
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
नीति अनुसार काम हुन नसक्दा मुलुकको  विकास अन्यौलमा ः मुख्यमन्त्री राउत
लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने
लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने
जंगली हात्ति धपाउन  चार राउण्ड हवाई फायर 
बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह
बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
सप्तरीबाट बैदेशिक रोजगारीमा गएका २८ जनाले ज्यान गुमाए
सप्तरीबाट बैदेशिक रोजगारीमा गएका २८ जनाले ज्यान गुमाए
योग दिवसमा योगाभ्यास र प्रभातफेरी
योग दिवसमा योगाभ्यास र प्रभातफेरी
बैदेशिक रोजगारमा ठगिएका पाँच युवाले पाए क्षतिपूर्ती 
बैदेशिक रोजगारमा ठगिएका पाँच युवाले पाए क्षतिपूर्ती