वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 

राजविराज राजविराज
|
आइतबार, आश्विन ३०, २०७९
|
|
७९ पटक हेरिएको
Shares
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 

सारांश

  •     नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति समेत रहेका भगत जिल्लाको शम्भुनाथ नगरपालिका स्थायीवासी हुन् ।
  • राजविराज नगरपालिकामा समेत घर भएका भगत विगत तीन दशकदेखी नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीको सभापतीको जिम्मेवारी बहन गर्दै आएका छन् ।
  •       उनी यस पल्ट जिल्लाको क्षेत्र नं.

दैनिक समाचारदाता
राजविराज, ३० असोज । 

    सप्तरीका वरिष्ठ दानवीर एवं समाजसेवी जोगेन्द्र भगत पनि यस पल्टको निर्वाचनमा प्रतिष्पर्धा गर्दैछन् । उनी लामो समयदेखी सप्तरीमा समाजसेवामा संलग्न छन् ।  
    नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति समेत रहेका भगत जिल्लाको शम्भुनाथ नगरपालिका स्थायीवासी हुन् । राजविराज नगरपालिकामा समेत घर भएका भगत विगत तीन दशकदेखी नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीको सभापतीको जिम्मेवारी बहन गर्दै आएका छन् । 
    उनी यस पल्ट जिल्लाको क्षेत्र नं. ३ को प्रदेशसभा क्षेत्र क बाट उम्मेदवार बनेका छन् । भगत सो क्षेत्रबाट जसपा–एमाले गठबन्धनको साझा उम्मेदवार हुन् । 
    यसै क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट वर्तमान प्रदेशसभा सदस्य नेपाली काँग्रेसका मो.समिम र मनोनयनपत्र दर्ता कै दिन काँग्रेस परित्याग गरी जनमत पार्टी प्रवेश गरेका राम प्रसाद मण्डल पनि जनमत पार्टीबाट चुनावी मैदानमा छन् । 
    रुपनी गाउँपालिकामा नेपाल प्रहरी अस्पताल, शम्भुनाथ नगरपालिकामा सशस्त्र प्रहरीको विद्यालय र राजविराज नगरपालिकामा ठाको देवी माध्यमिक विद्यालय लगायत जिल्लाका विभिन्न स्थानहरुमा भौतिक संरचना निर्माणका लागी आफ्नो करोडौ मुल्य पर्ने जग्गा दान समेत गरेर भगतले वरिष्ठ दानवीरको उपाधी समेत पाएका छन् । 
    “राजनीति पनि समाजसेवा नै हो, यो सेवा पनि गरेर हेरौं न त ।” आफ्नो जीवनको उत्तरार्धमा राजनीतिमा आउनुका कारण बारे भगतसँग जिज्ञासा राख्दा उनले भने, “मैले जिवन समाज सेवामै बिताए, जिवनको अन्तिम समयमा राजनीतिको माध्यमबाट जनताको सेवा गर्ने इच्छा छ ।”
    उनले देश र जनताको सेवा वाहेक आफनो अन्य कुनै स्वार्थ नरहेको बताउँदै जनताले अवसर प्रदान गर्ने विश्वास समेत ब्यक्त गरेका छन् । 
    २८ हजार ४४ पुरुष, २६ हजार २ सय ३ महिला तथा अन्य ३ गरी कुल ५४ हजार २ सय ५० मतदाता रहेको यस क्षेत्रमा शम्भुनाथ नगरपालिकाको १२ मध्ये ११ वडा तथा रुपनी गाँउपालिका र विष्ण्ुापुर गाउँपालिका पर्दछ । 
    यस्तै नेमकिपाबाट अनमोल यादव, नेकपाका गिरीजा कुमारी चौधरी, बहुजन एकता पार्टी नेपालका जय प्रसाद राम, नागरिक उन्मुक्ती पार्टीका त्रिभुवन चौधरी, राप्रपाका विष्णु चौधरी, राप्रपा नेपालका राम कुमार यादव तथा स्वतन्त्रबाट गनु प्रसाद साह, राजेश प्रसाद यादव, राम कुमार यादव, मो.कादिर, मो.आलम, महेन्द्र प्रसाद चौधरी, संजिव नारायण यादव, पप्पु कुमार यादव र धर्म नारायण साह गरी १८ जना चुनावी प्रतिस्पर्धामा छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन दिवसको अवसरमा वक्तृत्वकला
निर्वाचन दिवसको अवसरमा वक्तृत्वकला
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
आन्दोलनरत कर्मचारीले कलम बुझाएको २० मिनेट मै फिर्ता लिई काममा फर्के 
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने 
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने 
ईबेबाट किनेको सस्तो टी–सर्टमा देखिइन् जेन्डाया
ईबेबाट किनेको सस्तो टी–सर्टमा देखिइन् जेन्डाया
भारी शुल्क बृद्धि गरेपछी ५ सय ३७ जना हजायात्रीको  यात्रा प्रभावित 
भारी शुल्क बृद्धि गरेपछी ५ सय ३७ जना हजायात्रीको  यात्रा प्रभावित 
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण