लोसपाबाट समानुपातिकमा नाम सिफारिस भएकी  पुनम यादवसहित दर्जनौं नेता जसपामा प्रवेश

राजविराज राजविराज
|
आइतबार, कार्तिक ६, २०७९
|
|
२२ पटक हेरिएको
Shares
लोसपाबाट समानुपातिकमा नाम सिफारिस भएकी  पुनम यादवसहित दर्जनौं नेता जसपामा प्रवेश

सारांश

  •     राजविराजमा आइतबार आयोजित एक कार्यक्रमका बीच लोसपाका केन्द्रीय नेता शैलेश कुमार चौधरी, केन्द्रीय नेता एवम् मधेश बाहिनी रक्षा दलको पुर्व अध्यक्ष विनोद कुमार यादव, अमरकान्त झा लगायत नेताहरु जसपामा प्रवेश गरेका हुन् ।
  •       यसैगरी सप्तरी उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष शंकर दास, नेकपा एसका प्रदेश सचिवालय सदस्य अरुण देव लगायतका नेताहरु पनि जसपामा प्रवेश गरेको जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिएका छन् ।
  •     नव प्रवेशीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय नेता एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका प्रवक्ता मनिष सुमन लगायतले स्वागत गरे ।

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट समानुपातिमा मधेश प्रदेशसभा सदस्यका लागि नाम सिफारिस भएकी पुनम यादवसहित दर्जनौं नेता आइतबार जसपामा प्रवेश गरेका छन् । लोसपाका केन्द्रिय सदस्य समेत रहेकी पुनम यादवको पार्टीले समानुपातिक सूचीमा १४औं नम्बरमा नाम सिफारिस गरेको छ । 
    राजविराजमा आइतबार आयोजित एक कार्यक्रमका बीच लोसपाका केन्द्रीय नेता शैलेश कुमार चौधरी, केन्द्रीय नेता एवम् मधेश बाहिनी रक्षा दलको पुर्व अध्यक्ष विनोद कुमार यादव, अमरकान्त झा लगायत नेताहरु जसपामा प्रवेश गरेका हुन् । 
    यसैगरी सप्तरी उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष शंकर दास, नेकपा एसका प्रदेश सचिवालय सदस्य अरुण देव लगायतका नेताहरु पनि जसपामा प्रवेश गरेको जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिएका छन् ।
    नव प्रवेशीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय नेता एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका प्रवक्ता मनिष सुमन लगायतले स्वागत गरे । 
    मधेश केन्द्रित शक्तिहरुसँग चुनावी तालमेल नगरी केही नेताहरुले व्यक्तिगत स्वार्थका कारण प्रलोभनमा परि थोरै सीटमा सम्झौता गरेर पार्टीलाई नै सिध्याउने काम गरेको नवप्रवेशीहरुको आरोप छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालमा कोरोनाबाट बचाउन छैन सुरक्षाको व्यवस्था
अस्पतालमा कोरोनाबाट बचाउन छैन सुरक्षाको व्यवस्था
अशक्तलाई घर घरमै पुगी ह्वीलचेयर बाँड्दै सुनिता
अशक्तलाई घर घरमै पुगी ह्वीलचेयर बाँड्दै सुनिता
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
आइतबारदेखी राजविराजका  सबै विद्यालय खुल्ने 
आइतबारदेखी राजविराजका  सबै विद्यालय खुल्ने 
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
समन्वय समितीको निर्वाचनका  लागि दलहरुबीच छलफल जारि
समन्वय समितीको निर्वाचनका  लागि दलहरुबीच छलफल जारि
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
शिविरबाट एक सय १७ जना  बुद्धबृद्धाले पाए दृष्टि
शिविरबाट एक सय १७ जना  बुद्धबृद्धाले पाए दृष्टि
बाढीग्रस्त क्षेत्रमा एकैदिन तिन बाढीपीडित सर्पदंशबाट घाईते