दण्ड प्रणाम गर्दै पूजाघाट 

राजविराज राजविराज
|
सोमबार, कार्तिक १४, २०७९
|
|
४३ पटक हेरिएको
Shares
दण्ड प्रणाम गर्दै पूजाघाट 

सारांश

  •     व्रतालुले सूर्यलाई अर्घ दिएर आफ्ना परिवारको सुख, समृद्धि, शान्ति र दिर्घायुको कामना गरेका छन् ।
  • सप्तरीको सप्तकोशी नदीको किनारमा ५ सय भन्दा बढी पुजाघाट बनाइएको छ ।
  • त्यहाँ हनुमाननगर कंकालिनी नगरपालिकाका साथै सुनसरीसहित सीमावती भारतको भीमनगर, विरपुृर, सिमराही आसपासबाट समेत आएका व्रतालु छठ पर्वमा सरिक भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १३ कातिक । 

    धार्मिक सहिष्णुता र आपसी सदभावका लागी प्रसिद छठ पर्व अन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । 
    व्रतालुले सूर्यलाई अर्घ दिएर आफ्ना परिवारको सुख, समृद्धि, शान्ति र दिर्घायुको कामना गरेका छन् । सप्तरीको सप्तकोशी नदीको किनारमा ५ सय भन्दा बढी पुजाघाट बनाइएको छ । त्यहाँ हनुमाननगर कंकालिनी नगरपालिकाका साथै सुनसरीसहित सीमावती भारतको भीमनगर, विरपुृर, सिमराही आसपासबाट समेत आएका व्रतालु छठ पर्वमा सरिक भएका छन् । 

    कतिपय ब्रतालु दूई तीन घण्टासम्मको बाटो दण्ड–प्रणाम गर्दै छठ पर्वको घाटसम्म पुगेका छन् । सडकमा सुतेर हातले चिहनो लगाउँदै गरिने धार्मिक कार्यलाई दण्ड–प्रणाम भनिन्छ । यसरी दण्ड प्रणाम गर्दै पूजास्थल पुग्नेहरुमा राजविराज ४ की संगिता राई, राजविराज ३ की सुमित्रा स्वर्णकार, राजविराज ७ की सुलोचना साहलगायत एक दर्जन भन्दा बढी ब्रतालु छन् । कोही भाकल गरेका त कोही भाकल पुरा भएकाहरु यसरी घरबाट घिस्रिएर पूजा घाट पूगि अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।
    यता सदरमुकाम राजविराजस्थित भगवती, कल्टु, तुरन्ती, शिव, पुर्णी लगायतका पोखरी किनारमा बनाइएका पूजाघाटमा पनि हजारौ भक्तजनको उपस्थितीमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिए । 
    जिल्लाका प्रमुख जलाशय ध्वजापातकासहित छठी मैयाका गीतले गुण्जिएका छन् । श्रद्धालुले विभिन्न सजावटका साथ छठ पर्व मनाइएरहेका छन् । सजी सजाउ घाटमा छठी पर्वका भक्तजन र व्रतालुको भीड लागेको छ । 
    श्रद्धालुको अत्याधिक चापलाई दृष्टिगत गरी जिल्ला प्रहरी कार्यालय सप्तरीले छठ पुजास्थल तथा बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । 
    सोमवार विहान अस्ताउँदो सूर्यलाई अर्घ दिएपछी लोक आस्थाको चार दिने महान छठ पर्व सम्पन्न हुने छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा
राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
कोरोना संक्रमणबाट  सप्तरीका दुई जनाको मृत्यु
कोरोना संक्रमणबाट  सप्तरीका दुई जनाको मृत्यु
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
निर्वाचन सम्पन्न भएको १५ दिनपछि  काँग्रेस सप्तरीको अन्तिम नतिजा
निर्वाचन सम्पन्न भएको १५ दिनपछि  काँग्रेस सप्तरीको अन्तिम नतिजा
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
विज्ञापनको खारेजीको माँग गर्दै चक्काजाम
विज्ञापनको खारेजीको माँग गर्दै चक्काजाम