आतंकवादले कुनै मुलुकको भलो हुन सक्दैन् ः वक्ताहरु

राजविराज राजविराज
|
शनिबार, फाल्गुन १८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
आतंकवादले कुनै मुलुकको भलो हुन सक्दैन् ः वक्ताहरु

सारांश

  •     वक्ताहरुले वर्तमान समयमा दक्षिण एशियाका दुई चिरपरिचत मुलुक भारत र पाकिस्तान अहिले एक आपसमा आंतवादको बिरुद्ध युद्धको अवस्थामा आइपुगेको भन्दै त्यसको असर नेपालमा समेत पुग्नेप्रति चिन्ता व्यक्त गरे ।
  • कार्यक्रममा वक्ताहरुले नेपाललाई कुनै पनि प्रकारले आंतकवादको प्रश्रय दिने मुलुकको रुपमा परिचित नगराउन नेपाली जनता र राज्य गम्भिर हुनु पर्ने विचार व्यक्त गरे ।
  •       यसका लागि नेपाल सरकारले दुई छिमेकी मुलुकसँग आपसी छलफल र बैदेशिक कुटनितिले नेपाल आंतकवादलाई प्रश्रय नदिइरहेको बारे विश्वस्त पार्नु पर्नेमा जोड दिए ।

    राजविराज÷आतंकवादी गतिविधिले कुनै मुलुकको भलो हुन नसक्ने भएकोले यसप्रति सम्पूर्ण मुलुक एक जुट हुनु हुनुको विकल्प नरहेको राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 
    नेपाल भारत मैत्री युवा संघ सप्तरीको आयोजनामा शनिबार राजविराजमा आयोजित “वैश्विक आतंकवाद नियन्त्रण र नेपालको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । 
    आयोजित अन्तरक्रियामा अधिकांश वक्ताहरुले अहिले विश्वका अधिकांश विकासोन्मूख मुलुकहरु आंतकवादले ग्रसित बन्दै गएकोले यस्ता गतिविधिलाई धरासायी पार्न सबै मुलुक एकजुट हुनुको विकल्प नरहेको उल्लेख गरेका छन् । 
    वक्ताहरुले वर्तमान समयमा दक्षिण एशियाका दुई चिरपरिचत मुलुक भारत र पाकिस्तान अहिले एक आपसमा आंतवादको बिरुद्ध युद्धको अवस्थामा आइपुगेको भन्दै त्यसको असर नेपालमा समेत पुग्नेप्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा वक्ताहरुले नेपाललाई कुनै पनि प्रकारले आंतकवादको प्रश्रय दिने मुलुकको रुपमा परिचित नगराउन नेपाली जनता र राज्य गम्भिर हुनु पर्ने विचार व्यक्त गरे । 
    यसका लागि नेपाल सरकारले दुई छिमेकी मुलुकसँग आपसी छलफल र बैदेशिक कुटनितिले नेपाल आंतकवादलाई प्रश्रय नदिइरहेको बारे विश्वस्त पार्नु पर्नेमा जोड दिए ।   
    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले भारत अहिले आंतकवाद बिरुद्ध लडिरहेकोले भविष्यमा यसको असर नेपालमा समेत पर्न सक्ने कुरा नकार्न नसक्ने दाबी गर्नुभयो । उनले भारत नेपालबीच खुल्ला सिमाना रहेकोले त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न दुबै मुलुकले आपसी समझदारी गर्न अत्यन्त आवश्यक रहेको औल्याए । 
    त्यस्तै वरिष्ठ अधिवक्ता हिम्मत सिंहले भारतले पाकिस्तानलाई आंतकवादको नाममा नाकाबन्दीदेखी उस्कै भूमिमा गएर परास्त गर्न खोजेको कार्य अशोभनिय रहेको बताए । आंतकवाद नियन्त्रण गर्ने अन्य उपायबाट गर्नुपर्ने उनको कथन छ ।  
    सोही कार्यक्रममा वरिष्ठ पत्रकार अनिल कुमार अनलले भारतले विभिन्न समयमा नेपाललाई सहयोग गर्दै आइरहेको स्मरण गराउँदै नेपालले भारत बिरुद्ध कुनै पनि आंतकवादी गतिविधिका लागि आफ्नो भूमिलाई प्रयोग गर्नबाट रोक्न सरकारको गम्भिर ध्यान पुग्नु पर्ने विचार व्यक्त गरे । विगतमा नेपाली भूमिबाट भारतबिरुद्ध भएका भुलहरुलाई सुधार्दै त्यस्ता आंतकवादी गतिविधि पुनः नदोहरिनका लागि नेपाल सतर्क हुनुपर्नेमा जोड दिए । 
    नेपाल भारत मैत्री युवा संघ सप्तरीका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा राजपा नेपालका वरिष्ठ उपाध्यक्ष शेखर सिंह, प्रदेश सभा सदस्य विदेश्वर यादव, प्रदेश सभा सदस्य नेत्रविक्रम साह, प्रदेश सभा सदस्य गिता कुमारी यादव, राजविराज नगरपालिका प्रमुख शम्भू प्रसाद यादव, डाकनेश्वरी नगरपालिका प्रमुख शिव नारायण साह, रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, महदेवा गाउँपालिका अध्यक्ष दिपक यादव, प्राध्यापक मंचका केन्द्रीय अध्यक्ष डा. हेम कुमार मिश्र, प्रदेश २ शिक्षा कार्यदलका सदस्य संतोष कुमार चमन, डा. शिवनारायण यादव, ई. इन्द्र नारायण देव, राजपा नेपालका केन्द्रीय सदस्य दिपेन्द्र कुमार चौधरी, अधिवक्ता डोमन साह, सामुदायिक शिक्षक युनियनका प्रदेश उपाध्यक्ष देवनारायण गोइतलगायतले आंतकवाद विरुद्ध नेपालको भूमि प्रयोग हुनबाट सम्पूर्ण नेपाली जनता र राज्य सचेत हुनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको  मुल्य महगिएपछि मुर्तीकार समस्यामा
माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको  मुल्य महगिएपछि मुर्तीकार समस्यामा
प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी
नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई  कुनै जानकारी छैन् ः अध्यक्ष देव 
नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई  कुनै जानकारी छैन् ः अध्यक्ष देव 
एकै दिनमा दुई जनाले गरे आत्महत्या
प्रदेश २ सरकारले सप्तरीका ४ हजार ४ सय ९४ किसानको ब्याज तिरे
प्रदेश २ सरकारले सप्तरीका ४ हजार ४ सय ९४ किसानको ब्याज तिरे