दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. १ मा मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह र क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेशकुमार यादव निर्वाचित भएका छन् ।
मन्त्री साहको दोश्रो प्रयासमा सफलता मिलेको हो । २०७० को संविधानसभामा उनी झिनो मतले पराजित भएका थिए । २०७४ को निर्वाचनमा उनी सप्तरीको निर्वाचन क्षेत्र नं. १ को २ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
बिहीबार साँझ घोषित परिणाम अनुसार साहले २३ हजार ५ सय ६४ मत ल्याउँदा उनका निकटत्तम प्रतिद्वन्दी जयकान्त राउतले १९ हजार ९ सय ९२ मत प्राप्त गरे । उनी प्रतिनिधिसभा क्षेत्र नं. २ बाट निर्वाचित डा. सीके राउतका सहोदर दाजु हुन् । तेश्रो स्थानमा रहेका नेपाली काँग्रेसका रामदेव साहले १४ हजार ३ सय १२ मत ल्याए । तेश्रो स्थानमा रहेका साह नेपाली काँग्रेस सप्तरीका सभापति समेत हुन् । उनी नेपाली काँग्रेस सप्तरीको दुई पटक सभापति समेत भइसकेका छन् ।
यस्तै बिहीबारै प्रतिनिधिसभा क्षेत्र नं. ३ को पनि अन्तिम परिणाम सार्वजनिक भएको छ । घोषित परिणाम अनुसार नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेशकुमार यादव २६ हजार १ सय ६६ मत ल्याई निर्वाचित भएका छन् । यादव चौथो पटकको प्रयासमा निर्वाचित भएका हुन् । यसअघि २०६४ को पहिलो र २०७० को दोश्रो संविधानसभा तथा २०७४ को संसदीय निर्वाचनमा पराजयको सामना गरेका थिए ।
उनका निकटत्तम प्रतिद्वन्दी एमालेका ताराकान्त चौधरी २२ हजार ३ सय मत पाए । तेश्रो स्थानमा जनमत पार्टीका अनिस अन्सारी रहेका छन् । उनले १५ हजार १ सय १४ मत प्राप्त गरे ।
यता सप्तरी निर्वाचन क्षेत्र नं. ४ मा मतगणना अझै जारि रहेको छ । उक्त क्षेत्रको अन्तिम परिणाम शुक्रबार साँझसम्म मात्र आउने अनुमान गरिएको छ । अहिलेसम्म प्राप्त मतगणना परिणाम अनुसार नेपाली काँग्रेसका तजुलाल चौधरी ७ हजार ७ सय ६१ मत प्राप्त गरि अग्रता लिएका छन् । जसपाका बालकिशोर यादव ५ हजार ९ सय ६९ मत ल्याई उनलाई पच्छ्याइरहेका छन् । तेश्रो स्थानमा रहेका जनमत पार्टीका सुकदेव साह ५ हजार ८ सय ५० मत ल्याई दुबै जनालाई पच्छ्याइरहेका छन् ।
चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं. २ को नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ । उक्त क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले पराजित गरेका छन् ।
सप्तरीमा जनमत, काँग्रेस र जसपालाई एक÷एक सीट, प्रदेश मन्त्री साहको दोश्रो र काँग्रेस केन्द्रिय सदस्य यादवको चौथो प्रयास सफल
सारांश
- मन्त्री साहको दोश्रो प्रयासमा सफलता मिलेको हो ।
- २०७० को संविधानसभामा उनी झिनो मतले पराजित भएका थिए ।
- २०७४ को निर्वाचनमा उनी सप्तरीको निर्वाचन क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया