दोश्रो तलाबाट खसेर एकको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, पौष १९, २०७९
|
|
६७ पटक हेरिएको
Shares
दोश्रो तलाबाट खसेर एकको मृत्यु

सारांश

  •     राजविराज ४ स्थित आफ्नै निवासको दोश्रो तलाबाट बिहान ६ बजेतिर ४० वर्षिय मुकेश अचानक तल खसेका थिए ।
  •       निवासको तल्लो तलामा संचालनमा रहेको प्रभु नास्ता पसलमा ग्राहक आएको भन्दै होटलका कामदारले तल आउनु भनेपछि माथीबाट निहुरिएर हेर्न खोज्दा अचानक उनी तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
  •     प्रहरीले दोश्रो तल्लाबाट निहुरिएर हेर्ने क्रममा शारिरीक सन्तुलन नमिल्दा दुर्घटना भएको कुरा आएपनि यस बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १९ पुस । 

    राजविराजस्थित एक पुराना नास्ता पसल संचालक प्रभु प्रसाद साहका छोरा मुकेशको मंगलबार बिहान दोश्रो तलाबाट खसेर ज्यान गएको छ । 
    राजविराज ४ स्थित आफ्नै निवासको दोश्रो तलाबाट बिहान ६ बजेतिर ४० वर्षिय मुकेश अचानक तल खसेका थिए । 
    निवासको तल्लो तलामा संचालनमा रहेको प्रभु नास्ता पसलमा ग्राहक आएको भन्दै होटलका कामदारले तल आउनु भनेपछि माथीबाट निहुरिएर हेर्न खोज्दा अचानक उनी तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
    प्रहरीले दोश्रो तल्लाबाट निहुरिएर हेर्ने क्रममा शारिरीक सन्तुलन नमिल्दा दुर्घटना भएको कुरा आएपनि यस बारे थप अनुसन्धान भइरहेको जनाएको छ । 
    दोश्रो तलाबाट खसेर गम्भिर घाईते भएका उनलाई तत्कालै उपचारका लागि छिन्नमस्ता अस्पताल पु¥याइएको थियो । दुबै खुट्टा तथा ढाडको करङ्ग भाचेको उनको उपचारकै क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?