तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 

राजविराज राजविराज
|
शनिबार, पौष ३०, २०७९
|
|
३० पटक हेरिएको
Shares
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 

सारांश

  •     उनले भने, “मेरो पहिलो प्राथमिक्ता भ्रष्टाचार नियन्त्रण र प्रदेशको विकास हो, यस विषयमा कसैसँग कुनै गलत सहमति र सम्झौता हुन सक्दैन, भविष्यमा मेरो काम र व्यवहारले यसको पुष्टि गर्नेछ ।
  • ’ उनले भ्रष्टाचारलाई क्यान्सर रोगको संज्ञा दिदै अबको सुरुवाती तीन महिना यसै रोगको उपचारमा लाग्ने प्रतिबद्धता जनाए ।
  •     उनले मधेश प्रदेशलाई समृद्ध र नमुना प्रदेश बनाउन आफुसँग प्रष्ट भिजन र कार्ययोजना भएको दावी गर्दै यस कार्यमा सबैको साकारात्मक सहयोगको अपेक्षा राखेको बताए ।

    राजविराज÷मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तीन महिना भित्र मधेश प्रदेशलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने उद्घोष गरेका छन् । 
    मुख्यमन्त्री भएपछि शनिवार पहिलो पटक प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिर दर्शन र पुजापाठका लागि आएका उनले संचारकर्मीहरुसित छोटो कुराकानी गर्दै त्यस्तो उद्घोष गरेका हुन् । 
    भ्रष्टाचार नियन्त्रण भए विकासका आधारहरु तिब्र गतिमा अघि बढ्ने जिकिर गर्दै उनले भ्रष्टाचार कुनै एउटा प्रदेशको मात्र नभई समग्र मुलुककै समस्या भएको बताए । 
    उनले भने, “मेरो पहिलो प्राथमिक्ता भ्रष्टाचार नियन्त्रण र प्रदेशको विकास हो, यस विषयमा कसैसँग कुनै गलत सहमति र सम्झौता हुन सक्दैन, भविष्यमा मेरो काम र व्यवहारले यसको पुष्टि गर्नेछ ।’ उनले भ्रष्टाचारलाई क्यान्सर रोगको संज्ञा दिदै अबको सुरुवाती तीन महिना यसै रोगको उपचारमा लाग्ने प्रतिबद्धता जनाए ।
    उनले मधेश प्रदेशलाई समृद्ध र नमुना प्रदेश बनाउन आफुसँग प्रष्ट भिजन र कार्ययोजना भएको दावी गर्दै यस कार्यमा सबैको साकारात्मक सहयोगको अपेक्षा राखेको बताए । “हामी माथि प्रदेशवासीको धेरै आशा, भरोसा र विश्वास छ, उनले थपे –“प्राथमिक्ताका आधारमा प्रदेशवासीका सबै आकांक्षाहरु क्रमीक रुपमा पुरा गर्न दृढ संकल्प छौ ।” 
    मुलुककै प्रसिद्ध शक्तिपीठ मध्येका एक छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्न प्रदेश सरकारबाट हरसम्भव सहयोग उपलब्ध गराउने उनले प्रतिबद्धता समेत जनाए । 
    उनीसँगै रहेकी प्रदेश सभा सदस्य किरण कुमारी साहले परिवर्तनको सुरुवात भ्रष्टाचार उन्मुलनबाट मात्र सम्भव रहेको बताइन । उनले भनिन्–भ्रष्टाचार नियन्त्रण नभएसम्म परिवर्तनको अनुभूति गर्न र गराउन सकिन्न, त्यसैले मुख्यमन्त्रीको प्रतिबद्धता र प्राथमिक्ता पुरा गराउन हाम्रो पनि भुमिका, साथ र सहयोग उतिकै रहनेछ ।
    सो अवसरमा मधेश प्रदेशका उपसभामुख उपमा देव, जनता समाजवादी पार्टीका राजनीतिक समितिका सदस्य अमरनाथ मण्डल, जसपाका जिल्ला अध्यक्ष केदार यादव लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह