किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप

राजविराज राजविराज
|
बिहिबार, माघ ५, २०७९
|
|
२३ पटक हेरिएको
Shares
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप

सारांश

  •     बुधबार मधेश प्रदेश सभालाई सम्बोधन गर्दै उनले विगतका प्रदेश सरकारले समेत किसानहरुको समस्याप्रति उत्तरदायित्व बहन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे ।
  • उनले मधेशका सबै जनता कुनै न कुनै बहानामा किसानसँग जोडिए पनि किसानहरुको समस्याप्रति गम्भिर नभएको जिकिर गरे ।
  •       मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य तथा रोजगारको अवस्था पनि दयनिय रहेकोले प्रदेश सरकार यसप्रति पनि गम्भिर हुनुपर्ने उल्लेख गर्दै प्रदेशसभा सदस्य यादवले रोजगारीको अवस्था सृजना गर्न मधेश प्रदेशमा प्रवल सम्भावना रहेकोले यसप्रति प्रदेश सरकार गम्भिर हुनुपर्ने सुझाव दिए ।

दैनिक समाचारदाता
राजविराज, ५ माघ । 

    जनमत पार्टीको मधेश प्रदेश संंसदीय दलका नेता महेश प्रसाद यादवले किसानहरुको समस्या समाधान गर्नेतर्फ प्रदेश सरकारको खासै ध्यान नपुगेको आरोप लगाएका छन् । 
    बुधबार मधेश प्रदेश सभालाई सम्बोधन गर्दै उनले विगतका प्रदेश सरकारले समेत किसानहरुको समस्याप्रति उत्तरदायित्व बहन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । उनले मधेशका सबै जनता कुनै न कुनै बहानामा किसानसँग जोडिए पनि किसानहरुको समस्याप्रति गम्भिर नभएको जिकिर गरे । 
    मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य तथा रोजगारको अवस्था पनि दयनिय रहेकोले प्रदेश सरकार यसप्रति पनि गम्भिर हुनुपर्ने उल्लेख गर्दै प्रदेशसभा सदस्य यादवले रोजगारीको अवस्था सृजना गर्न मधेश प्रदेशमा प्रवल सम्भावना रहेकोले यसप्रति प्रदेश सरकार गम्भिर हुनुपर्ने सुझाव दिए । उनले प्रदेशसभामा कर्मचारी अभाव रहेकोले त्यसलाई पदपूर्ती गरेर पनि केही हदसम्म रोजगारीको अवसर सृजना हुन सक्नेप्रति सुझाव दिए । 
    मधेश प्रदेशलाई भ्रष्टाचार हुने प्रदेशको आरोप लागिरहेको बेला भ्रष्टाचार मुक्त प्रदेश बनाउन सबैले संकल्प गर्नु पर्ने बताउँदै संघीयता माथी विभिन्न आक्रमण भइरहेकोमा संघीयता जोगाउन सबै भन्दा बढी मधेश प्रदेशले भूमिका खेल्नु पर्ने तर्क दिए । 
    सप्तरी क्षेत्र नं. २ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका नेता यादवले राजनीतिमा आउनु अगावै नेताहरुको हैसियत र प्रदेशसभामा निर्वाचित भइसकेपछिको हैसियतप्रति टिप्पणी समेत गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मैथिली साहित्य परिषदमा अजय र अवधेशको उम्मेदवारी
मैथिली साहित्य परिषदमा अजय र अवधेशको उम्मेदवारी
जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो, बिरामी अन्यत्र रेफर हुँदै, एक महिलासहित ६ जना संक्रमित थपिए
जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो, बिरामी अन्यत्र रेफर हुँदै, एक महिलासहित ६ जना संक्रमित थपिए
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन 
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन 
तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार
बिग्रेर सडकमा राखिएको टिपरमा  मोटरसाइकल ठोकिदा दुईको मृत्यु 
बिग्रेर सडकमा राखिएको टिपरमा  मोटरसाइकल ठोकिदा दुईको मृत्यु 
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
प्रभु बचत तथा ऋण सहकारीको ३ लाख ३४ हजार मुनाफा 
प्रभु बचत तथा ऋण सहकारीको ३ लाख ३४ हजार मुनाफा