आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 

राजविराज राजविराज
|
सोमबार, माघ १६, २०७९
|
|
२२ पटक हेरिएको
Shares
आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 

सारांश

  •     सोमवार दिउँसो राजविराजस्थित राजरंगशालामा उक्त अभ्यास गरिएको हो ।
  • साच्चिकै आगलागीको घट्ना भए जस्तो देखिएको दृश्य हेर्न सर्वसाधारणको घुइचो लागेको थियो ।
  • सप्तरीमा ३ महिना यता मात्रै आगलागीका १३ घट्ना भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।

    आगलागीबाट हुने क्षती रोक्न राजविराजमा सचेतनामूलक सांकेतिक अध्यास र उद्धारकला प्रदर्शन गरिएको छ । 
    सोमवार दिउँसो राजविराजस्थित राजरंगशालामा उक्त अभ्यास गरिएको हो । साच्चिकै आगलागीको घट्ना भए जस्तो देखिएको दृश्य हेर्न सर्वसाधारणको घुइचो लागेको थियो । सप्तरीमा ३ महिना यता मात्रै आगलागीका १३ घट्ना भएका छन् । आगलागीबाट करोडौको क्षती हुनुका साथै यस अवधीमा जलेर २ जनाको मृत्यु समेत भएको छ । 
    प्राकृतिक विपदको सामना पुर्व गर्नू पर्ने तयारी तथा विपदका कारण हुने यस्ता खाले सम्भावित क्षती न्युनिकरण गर्ने उद्देश्यले जिल्ला विपद ब्यवस्थापन समितीले नेपाली सेनाको बरख गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ६ नम्बर गणको सहकार्य तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा उक्त साँकेतिक अभ्यास र उद्दारकला प्रर्दशन गरेको हो । 
    प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षता तथा नेपाली सेनाको २७ नम्बर बाहिनीका बाहिनीपती सहायक रथी भरत चन्द्र गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बरख गणका गणपती एवं प्रमुख सेनानी दुर्गा बहादुर थापा, सेनानी रितेश केसी, राजविराज नगरपालिकाको कार्यवाहक नगरप्रमुख इसरत प्रविण, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले, रेडक्रस सोसाईटी शाखाका सभापती जोगेन्द्र भगत, सशस्त्र प्रहरीका डिएसपी नविन सिह राई, राष्ट्रिय अनुसन्धान कार्यालयका निर्देशक टिका प्रसाद पोखरेल, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य मनोज कुमार माझीका साथै ठुलो संख्यामा उपस्थित सर्वसाधारण सामु बरख गणका सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजविराज नगरपालिका बारुणयन्त्र विभागका तालिम प्राप्त उद्दारकर्ताहरुले आफ्नो कौशल देखाएका थिए । 
    आगालगी हुन नदिन र भइहाले उद्दार कसरी गर्ने भन्ने ज्ञान बाँड्ने उद्देश्यले गरिएको विपद पुर्व तयारी तथा उद्धारकला प्रदर्शनले आगलागी घट्नालाई न्युनिकरण गर्न धेरै हद सम्म मद्दत पु¥याउने कार्यक्रमका प्रमुख अतिथी नेपाली सेनाको २७ नम्बर बाहिनीका बाहिनीपती सहायकरथी भरत चन्द्र गुरुङ्गले विश्वास ब्यक्त गरे ।
    बरख गणका गणपती दुर्गा बहादुर थापाले विपद बाजा बजाएर नआउने भन्दै सप्तरी आगालागीका लागी जोखिमयुक्त जिल्लामा पर्ने भएकाले सचेतना मुलक प्रर्दशनबाट आगलागीको समयमा मानविय र भौतिक क्षती न्युनिकरणका साथै उद्दार गर्न सजिलो र सहज हुने बताए । 
    सप्तरीमा २०७७÷०७८ मा ६५, २०७८÷०७९ मा ६७ र २०७९÷०८० को हाल सम्मा आगलागीका १३ घट्ना भएको प्रहरी तथ्याङ्कले देखाएको छ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत प्रविणले आगलागी पुर्व र आगलागी पछीको सांकेतिक अभ्यासले पुर्व तयारीका लागी के के गर्नू पर्ने रहेछ भन्ने ज्ञान बाड्ने काम गरेको बताए । 
    कौशल प्रर्दशन कार्यक्रममा विपदका बेला प्रयोग गरिने वाटर हेलमेट, फायर ग्यास, बारुणयन्त्र, फस्टएड, फिगरएडका साथै राहत वितरण लगायतका समाग्रीको प्रयोग गरिएको थियो । कार्यक्रमको डोन क्यमेराबाट निगरानी गरीएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
शैक्षिक हड्तालले पठन पाठन ठप्प, एक लाख २५ हजार बढी विद्यार्थी प्रभावित  
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
जिल्ला बार एशोसिएशनको अध्यक्षमा  कामेश्वर यादव निर्वाचित
जिल्ला बार एशोसिएशनको अध्यक्षमा  कामेश्वर यादव निर्वाचित
सप्तरीमा जिल्ला समन्वय समिती गठनमा अन्यौल
सप्तरीमा जिल्ला समन्वय समिती गठनमा अन्यौल

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह