दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
सप्तरीको राजगढ गाउँपालिका वडा नं. ४ स्थित जनता माविमा शिक्षकको अभाव रहेको भन्दै आइतबार वडा कार्यालय र विद्यालयको कार्यालय कोठामा तालाबन्दी गरिएको छ ।
लामो समयदेखी सो विद्यालयमा शिक्षक अभाव रहेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गर्दै चक्काजाम समेत गरेको स्थानियहरुले बताएका छन् ।
माविका लागि प्रस्तावित उक्त विद्यालयमा नेपाली शिक्षकको गत वर्ष निधन भएपछि अर्का शिक्षकले पढाउँदै आएको तर एक हप्तादेखी उनी पनि अनुपस्थित छन् । सोही विषयलाई लिएर विद्यार्थीहरुले तालाबन्दी गरेको विद्यालयका शिक्षक रामनरेश दासले जानकारी दिए ।
उनले अर्का शिक्षकको शिक्षक सेवा आयोगमा नाम निक्लेपछि उनी अन्तरवार्ताका लागि गएकोले शिक्षक अभाव भएको बताए । कक्षा १० मा ४७ विद्यार्थी तथा कक्षा ८ र ९ मा झण्डै एक सय विद्यार्थीहरु रहेकोमा एक जना पनि स्थायी शिक्षकको दरबन्दी छैन् ।
यसैबीच आइतबारै गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले आन्दोलित विद्यार्थीहरुसँग छलफल गरेर केही दिनभित्रै नेपाली शिक्षक तथा अन्य शिक्षकको पदपूर्ती गरिने प्रतिबद्धता गरेपछि ताला खोलिएको शिक्षक दासले जनाए ।
कक्षा १० सम्म पढाई हुने उक्त विद्यालयमा ५ सयको हाराहारीमा विद्यार्थीहरु छन् । जसमा १५ जना शिक्षकसहित कर्मचारीहरु छन् । ९ जना शिक्षक निमावि र प्राविमा, ३ जना माविमा निजि श्रोतबाट तथा एक जना कार्यालय सहयोगि, एक जना लेखापाल र एक जना स्विपर छन् ।
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी, गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
सारांश
- लामो समयदेखी सो विद्यालयमा शिक्षक अभाव रहेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गर्दै चक्काजाम समेत गरेको स्थानियहरुले बताएका छन् ।
- माविका लागि प्रस्तावित उक्त विद्यालयमा नेपाली शिक्षकको गत वर्ष निधन भएपछि अर्का शिक्षकले पढाउँदै आएको तर एक हप्तादेखी उनी पनि अनुपस्थित छन् ।
- सोही विषयलाई लिएर विद्यार्थीहरुले तालाबन्दी गरेको विद्यालयका शिक्षक रामनरेश दासले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया