राष्ट्रपति, उपराष्ट्रपतिको नया“ निर्वाचन हुनुपर्छ ः कमल थापा 2070/08/15 दैनिक संवाददाता काठमाडौँ, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले निर्वाचनपछि पार्टी राष्ट्रिय राजनीतिमा चौथो शक्तिका रुपमा स्थापित भएको तथ्यलाई आत्मसात गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिलाई आग्रह गरेको छ । पार्टीले शुक्रबार काठमाडौं आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले अहिलेको जनादेशअनुसार अतिवादी वैचारिक एजेण्डा र त्यसका सम्वाहक शक्तिलाई कमजोर तुल्याई आफ्नो पार्टीलाई वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित गरेकामा जोड दिँदै पार्टी प्रतिपक्षमा रही संविधानसभा र संसदमा रचनात्मक एवम् सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।... विस्तृत

 

ताजा अपडेट