झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित

राजविराज राजविराज
|
बिहिबार, माघ २६, २०७९
|
|
३२ पटक हेरिएको
Shares
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित

सारांश

  •     दलितहरुको क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था दलित सरोकार मञ्च नेपाल कंचनपृुर सप्तरीले विहीवार अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको जण्डौलमा आयोजना गरेको “मतदाता नामावलीमा महिला, दलित लगायत सिमान्तकृत समुदायको पहुँचमा रहेको अवरोध” बारे पत्रकार सम्मेलन तथा दलित जनप्रतिनीधीहरुको जिल्ला भेलामा सो जानकारी गराएको हो ।
  •       कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक भोला पासवानले राज्यको नीती तथा महिला, दलित लगायतका सिमान्तकृत समुदायमा देखिएको अशिक्षा, पहुँचको अभाव, नागरिकताको समस्या, बेरोजगारी, प्राविधीक ज्ञानको अभाव जस्ता कारणले करिब १ लाखको हाराहारीमा ती समुदायका ब्यक्तीको नाम अझै मतदाता सूचिमा समावेश हुन नसकिरहेको बताए ।
  •     उनले राष्ट्रियस्तरमा औसत साक्षरताको प्रतिशत ६५ दशमलव ९ रहेकोमा दलितको ५२ दशमलव ४ प्रतिशत रहेको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २६ माघ ।

    सप्तरी जिल्लामा झण्डै १ लाख महिला, दलित लगायत सीमान्तकृत समुदाय फोटोसहितको मतदाता नामावलीमा समावेश हुनबाट बञ्चित रहेका छन् ।
    दलितहरुको क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था दलित सरोकार मञ्च नेपाल कंचनपृुर सप्तरीले विहीवार अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको जण्डौलमा आयोजना गरेको “मतदाता नामावलीमा महिला, दलित लगायत सिमान्तकृत समुदायको पहुँचमा रहेको अवरोध” बारे पत्रकार सम्मेलन तथा दलित जनप्रतिनीधीहरुको जिल्ला भेलामा सो जानकारी गराएको हो । 
    कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक भोला पासवानले राज्यको नीती तथा महिला, दलित लगायतका सिमान्तकृत समुदायमा देखिएको अशिक्षा, पहुँचको अभाव, नागरिकताको समस्या, बेरोजगारी, प्राविधीक ज्ञानको अभाव जस्ता कारणले करिब १ लाखको हाराहारीमा ती समुदायका ब्यक्तीको नाम अझै मतदाता सूचिमा समावेश हुन नसकिरहेको बताए ।
    उनले राष्ट्रियस्तरमा औसत साक्षरताको प्रतिशत ६५ दशमलव ९ रहेकोमा दलितको ५२ दशमलव ४ प्रतिशत रहेको जानकारी दिए । त्यस मध्ये पनि तराईका दलित साक्षरता प्रतिशत ३४ दशमलव ५ मात्र रहेको उनले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ । 
    दलित समुदायबाट निर्वाचित जिल्ला भरीका स्थानीयतहका ७ वडाअध्यक्ष र ६९ कार्यपालिका सदस्य गरी ७६ जनप्रतिनीधी सहितको भेला राखेर गरिएको कार्यक्रममा सहभागी अधिकाँशले अनलाईन मार्फत मतदाता नामावली दर्ता संगै नागरिक्ता जारी हुने कार्यालयबाट पनि नियमित रुपमा मतदाता नामावलीमा नाम संकलनको व्यवस्था हुन्ु पर्नेमा जोड दिएका थिए । 
    सप्तरीबाट सूरु भएको यो कार्यक्रम मधेश प्रदेशको १ सय ३६ वटै पालिकामा अभियान कै रुपमा संचालन गरिने आयोजक संस्थाले जनाएको छ । यसका लागी भेलाबाट विहीवार नै सप्तरी जिल्लामा तयारीका लागी विष्णुपुर गाउँपालिकाका कार्यापालिका सदस्य अशोक कुमार रामको संयोजकत्वमा १८ सदस्यीय दलित संजाल समिती समेत गठन गरिएको छ । उक्त समितिको सदस्यमा १८ वटै पालिकाबाट निर्वाचित दलित समुदायका जनप्रतिनीधी सदस्य छन् । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सभापती श्रवण कुमार देव, दलित अगुवा राजकुमार पासवान, अशोक राम, रन्जु सरदार, हरेराम मण्डल लगायतले पनि बोल्दै मतदाता सुचिमा समावेश हुन छुटेका दलित लगायत सीमान्तकृत समुदायको नाम समावेश गर्न तत्काल सरकारले आवश्यक पहल गर्नु पर्नेमा जोड दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य
अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
समाजसेवी जवाहरले राहत बितरण कार्यलाई निरन्तरता दिँदै 
समाजसेवी जवाहरले राहत बितरण कार्यलाई निरन्तरता दिँदै 
“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक 
“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक 
लोपोन्मुख माछा कोशीमा भेटियो    
लोपोन्मुख माछा कोशीमा भेटियो    
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न
नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह