दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ जमुवा टोल बस्ने हरेकृष्ण गेठियाको घरमा बिहीबार आगलागि हुँदा उनको घर खरानी भएको छ ।
खाना पकाएर चुलोबाट निकालिएको खरानी राम्ररी ननिभाउदा सल्केको आगोले उनको घर खरानी बनाएको हो । आगोले ७० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
फुसको संरचना भएका घरका साथै सबै सामान जलेर नष्ट भएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । उनका अनुसार गेठियाको घरमा रहेको लत्ताकपडा, खाद्यान्न, फर्निचर लगायतका सबै सरसामान जलेर नष्ट भएको छ । स्थानियवासी र प्रहरीको संयुक्त प्रयासमा एक घण्टाको प्रयासपछि आगोमाथि नियन्त्रण कायम गरिएको र बस्तीलाई थप क्षति हुनबाट जोगाइएको प्रहरीले जनाएको छ ।
चुलोको खरानी राम्ररी ननिभाउदा गेठियाको घर खरानी
सारांश
- खाना पकाएर चुलोबाट निकालिएको खरानी राम्ररी ननिभाउदा सल्केको आगोले उनको घर खरानी बनाएको हो ।
- आगोले ७० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
- फुसको संरचना भएका घरका साथै सबै सामान जलेर नष्ट भएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया