दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
जिल्लामा बढ्दै गएको आगलागी तथा विभिन्न समाजिक कुरिती र विकृतिका घटनाहरु बारे जिल्ला प्रहरी कार्यालय सप्तरीले सचेतना दिइरहेको छ ।
ती घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले गाउँ गाउँमा पुगेर सचेतना अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अभियान अन्तर्गत प्रत्येक पालिकाको टोल र विद्यालयमा पुगेर आगलागी नियन्त्रण, महिला हिंसा, दाईजो प्रथा र छुवाछुत, लागु अैषधको प्रयोग र यसबाट हुने हानी, ट्राफिक व्यवस्थापन, साइबर अपराध लगायतका विषयमा सचेतना अभियान चलाइएको हो ।
सामुदायीक प्रहरी साझेदारी अवधारणा अन्तर्गत चलाइएको अभियान अहिले सुरुंगा नगरपालिका, बोदेबर्साइन नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका, डाक्नेश्वरी नगरपालिकामा शूरु भईसकेको प्रहरी उपरिक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
यस्तै विष्णुपुर गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, राजगढ गाउँपालिका र बलान विहुल गाउँपालिकामा समेत उक्त कार्यक्रम संचालनमा रहेको उनले बताए । अभियान अन्तर्गत प्रहरीका अनुभवी एवं तालिम प्राप्त अधिकारीद्वारा स्थानीय भरभलादमी, वालबालिका, यूवा, शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई आगलागी नियन्त्रण, लागु औषध, मादक पर्दाथको नकारात्मक असर, सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, महिला हिंसा, दाईजो प्रथा र छुवाछुत, साईवर अपराध सम्बन्धि श्रब्य दृश्य मार्फत समेत प्रशिक्षण दिन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
एक साता अघि सूरु भएको अभियान अन्तर्गत विहिवार सुरुंगा नगरपालिका, विष्णुपुर गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका, बोेदेबर्साइन नगरपालिका, खडक नगरपालिका र बलान विहुल गाउँपालिकामा आगलागी नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिसकेको डिएसपी सिंहले बताए ।
यस्तै बोदेबसाईन नगरपालिकाको विभिन्न वडामा दाइजो प्रथा तथा छुवाछुत, हनुमाननगर कंकालिनी नगरपालिकामा ट्राफिक व्यवस्थापन र राजगढ गाउँपालिकाको बनैनियामा लागु औषध सम्बन्धि सचेतना कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।
कतिपय सर्वसाधारणलाई अझै पनि आगलागी हुन नदिन तथा भईहाले कसरी नियन्त्रण गर्ने भन्नेबारे थाहा न भएको प्रशिक्षणको क्रममा पाइएको प्रहरी उपरिक्षक कार्कीको भनाई छ । यस्तै कतिपय स्कुलका विद्यार्थीलाई लागु औषधको प्रयोगले हुने हानी र साईबर अपराध के हो भन्ने समेत थाहा नहुने पाइएकाले उनीहरु जानी न जानी यस्ता अपराधमा फस्ने गरेको देखिएको उनको भनाई छ ।
गर्मीको सूरुआत संगै जिल्लाको विभिन्न स्थानमा एक महिनाको अवधीमा आगालागीका १३ घट्ना भएका छन । सोही अवधिमा आत्महत्याक ६, सवारी दुर्घट्नाका ८, महिला हिंसाका ६ घट्ना भएको प्रहरी तथ्याङ्कले देखएको छ ।
यस्ता घट्नालाई न्युनिकरणन गर्न र समाजमा सचेतना फैलाउने तथा शान्त र सुरक्षित समाज निर्माण गर्नका लागी थालिएको यो अभियान क्रमिक रुपम जिल्लाको सबै १८ वटै पालिकाको गाउँ, टोल र स्कुल सम्म पु¥याउने लक्ष्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी
सारांश
- ती घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले गाउँ गाउँमा पुगेर सचेतना अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- अभियान अन्तर्गत प्रत्येक पालिकाको टोल र विद्यालयमा पुगेर आगलागी नियन्त्रण, महिला हिंसा, दाईजो प्रथा र छुवाछुत, लागु अैषधको प्रयोग र यसबाट हुने हानी, ट्राफिक व्यवस्थापन, साइबर अपराध लगायतका विषयमा सचेतना अभियान चलाइएको हो ।
- सामुदायीक प्रहरी साझेदारी अवधारणा अन्तर्गत चलाइएको अभियान अहिले सुरुंगा नगरपालिका, बोदेबर्साइन नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका, डाक्नेश्वरी नगरपालिकामा शूरु भईसकेको प्रहरी उपरिक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया