दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
झण्डै एक वर्षदेखी बैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन जनासँग झण्डै ६ लाख रकम लिएका बैदेशिक रोजगार कम्पनीका एक एजेन्टले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा सो रकम फिर्ता गरेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी जवरुल मियाँले बैदेशिक रोजगारका लागि कतार पठाइदिने भन्दै जिल्लाकै तिरहुत गाउँपालिका २ का ऐयुब मंसुरीसँग २ लाख १५ हजार, रहमान मियाँसँग १ लाख ८० हजार र विष्णुपुर गाउँपालिका १ का मो. इरफान मंसुरीसँग १ लाख ८० हजार गरि ५ लाख ७५ हजार रकम लिएका थिए । ६ महिनासम्म पनि एजेन्ट मियाँले बैदेशिक रोजगारका लागि नपठाएपछि पीडित तिनै जनाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।
प्रशासन कार्यालयमा उजुरी आएपछि प्रशासन कार्यालयमै रहेको आप्रवासी श्रोत केन्द्र राजविराजले एजेन्ट तथा पीडितहरुसँग लामो समयसम्म समन्वय गरेको थियो ।
समन्वय पश्चात् एजेन्ट मियाँले तीनै जनाको पासपोर्ट बनाउन लागेको ११÷११ हजार रकमसहित ६ लाख ८ हजार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई फिर्ता गरे । एजेन्टले फिर्ता गरेको उक्त रकम प्रजिअ थापाले सोही बेला तीनै जना पीडितलाई प्रदान गरेको आप्रवासी श्रोत केन्द्र राजविराजका कार्यक्रम संयोजक राजेन्द्र यादवले जानकारी दिए ।
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
सारांश
- सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी जवरुल मियाँले बैदेशिक रोजगारका लागि कतार पठाइदिने भन्दै जिल्लाकै तिरहुत गाउँपालिका २ का ऐयुब मंसुरीसँग २ लाख १५ हजार, रहमान मियाँसँग १ लाख ८० हजार र विष्णुपुर गाउँपालिका १ का मो.
- इरफान मंसुरीसँग १ लाख ८० हजार गरि ५ लाख ७५ हजार रकम लिएका थिए ।
- ६ महिनासम्म पनि एजेन्ट मियाँले बैदेशिक रोजगारका लागि नपठाएपछि पीडित तिनै जनाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया