पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा कोइलाडी र को. बर्साइन भिड्ने 

राजविराज राजविराज
|
सोमबार, चैत्र २०, २०७९
|
|
३३ पटक हेरिएको
Shares
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा कोइलाडी र को. बर्साइन भिड्ने 

सारांश

  •     सोमबार सम्पन्न खेलमा वडा नं.
  • ७ मन्सापुरलाई ५ विकेटले पराजित गर्दै वडा नं.
  • ४ कोइलाडी फाइनलमा प्रवेश गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, २० चैत । 

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइनबीच हुनेछ । 
    सोमबार सम्पन्न खेलमा वडा नं. ७ मन्सापुरलाई ५ विकेटले पराजित गर्दै वडा नं. ४ कोइलाडी फाइनलमा प्रवेश गरेको हो । यसअघि नै वडा नं. को. बर्साइन फाइनलमा प्रवेश भइसकेको छ । 
    गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाका अनुसार शनिबार वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइनबीच फाइनल खेल हुनेछ । 
    टस जितेर ब्याटिङ्ग गरेको मन्सापुरले कमजोर ब्याटिङ्ग प्रदर्शन गर्दा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । मन्सापुरका लागि सुवेश मण्डलले सर्वाधिक ३५ रन बनाए भने महेश मण्डलले अविजित २८ र चेतन यादवले १८ रन बनाए । कोइलाडीका लागि रोशन मण्डलले २ तथामो. गुड्डु र बिहारी मण्डलले १÷१ विकेट लिए । 
    जितको लागि १०२ रनको लक्ष्य पछ्याएको कोइलाडी टिम १६ ओभर २ बलमा ५ विकेट गुमाई विजयी हासिल गर्दै फाइनल प्रवेश गरेको हो । कोइलाडीका लागि देवेश मण्डलले अविजित २८, मो. गुड्डुले १५, रोशन मण्डलले ११ र जितेन पासवानले १० रनको योगदान दिए । मन्सापुरका लागि चेतन यादव र राजकुमार मण्डलले २÷२ तथा देवकी नन्दन मण्डलले १ विकेट लिए । उक्त खेलमा कोइलाडीका रोशन मण्डललाई म्यान अफ द म्याच घोषित गरिएको प्रतियोगिता संयोजक ज्ञानेन्द्र कुमार यादवले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन
मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन
सहपाठीहरुद्वारा स्व. जोशीप्रति श्रद्धाञ्जली 
सहपाठीहरुद्वारा स्व. जोशीप्रति श्रद्धाञ्जली 
मन्दिर समितिद्वारा विषादीयुक्त सय किलो मिठाइ नष्ट
मन्दिर समितिद्वारा विषादीयुक्त सय किलो मिठाइ नष्ट
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु
सेनिटरी प्याड खरीद प्रकरणमा रुपनीका  प्रमुख प्रशासकीय अधिकृतसहित पाँच  जनाविरुद्ध आरोपपत्र दायर
सेनिटरी प्याड खरीद प्रकरणमा रुपनीका  प्रमुख प्रशासकीय अधिकृतसहित पाँच  जनाविरुद्ध आरोपपत्र दायर
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
आगलागिबाट मिल जलेर नष्ट, १२ लाखको क्षति 
आगलागिबाट मिल जलेर नष्ट, १२ लाखको क्षति 
आगलागीमा पाँच लाख बराबरको क्षति
आगलागीमा पाँच लाख बराबरको क्षति