दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
राजबिराज वडा नं. १ स्थित राजदेबी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक बिद्यालयमा ४ कोठे भवनको शुक्रबार शिलान्यास गरेका छन् ।
बिद्यालयको प्रागणमा आयोजित एक कार्यक्रमबीच राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन र वडा नं. १ अध्यक्ष चन्द्रशेखर चौधरीले संयुक्त रूपमा बिद्यालय भवनको शिलान्यास गरेका हुन् ।
राष्ट्रिय योजना आयोगको कार्यक्रम अन्तर्गत राजबिराज नगरपालिकाको साझेदारीमा संचालित कुल १ करोड १८ लाख बराबरको लागतमा ४ कोठो भवन निर्माण हुन लागेको हो ।
उक्त भवनको निर्माण गर्नका लागि ठेकेदार÷निर्माण ब्यवसाय भगत ग्रुप अफ कन्सट्रक्सन प्रालि काठमाण्डौले जिम्मा पाएको छ । भवन २०८० असार २० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको राजबिराज नगरपालिका योजना अधिकृत मनोज यादबले जानकारी दिए ।
राष्ट्रिय योजना आयोग अन्तर्गत राजबिराज नगरपालिकाको वडा १ सहित ४, ९, १३ र १५ बिद्यालय भवन निर्माणका लागि ४ करोड ४४ लाख ८७ हजार दुई सय ३३ रूपैया २४ पैसाको लागतमा बिद्यालय भवन निर्माण हुन लागेको राजबिराज नगरपालिका ईन्जिनियर अशोक दासले बताए ।
तत्कालिन पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव तथा राष्ट्रिय योजना आयोग सदस्य उमाशकर साहको पहलमा राजबिराज नगरपालिकाको विभिन्न बिद्यालयमा भवन निर्माण गर्न योजना स्वीकृत भएर निर्माण कार्य सुरू भएको योजना अधिकृत यादबले जानकारी दिए ।
योजना अन्तर्गत राजदेवी माविमा १ करोड १८ लाखको ४ कोठा भवन, देउरी भरुवा स्कुलमा १ करोड १८ लाखको ४ कोठा भवन, देवकोटा स्कुलमा ७८ लाखको ४ कोठा, ६ केन्द्र स्कुलमा ७८ लाखको ४ कोठा भवन, बिसहरिया माविमा ७८ लाख को ४ कोठा भवन र मलेठ स्कुलमा ४८ लाख को दुइको कोठा भवन निर्माण गरिने योजना अधिकृत यादबले बताए ।
राजबिराज नगरपालिकाको बिद्यालयमा कक्षा कोठा नहुदाँ बिद्यार्थीहरूलाई पठनपाठनमा समस्या हुने गरेकोले भवन निर्माणले ठुलो सहयोग पुगेको राजदेवी माविका प्रधानाध्यापक दिनेश प्रसाद यादबले बताए ।
शिलान्यास कार्यक्रममा वडा सदस्य खेलानन्द यादब, शिवदत्त साह, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डम्वर नारायण यादब, समाजसेवी भन्नालाल यादब, सुकदेव यादब, इन्जिनियर अशोक दास लगायत संचारकर्मी, अभिभावकहरूको उपस्थिति रहेको थियो ।
विभिन्न बिद्यालयमा ५ करोड २३ लाखको भवन निर्माण हुदै
सारांश
- बिद्यालयको प्रागणमा आयोजित एक कार्यक्रमबीच राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन र वडा नं.
- १ अध्यक्ष चन्द्रशेखर चौधरीले संयुक्त रूपमा बिद्यालय भवनको शिलान्यास गरेका हुन् ।
- राष्ट्रिय योजना आयोगको कार्यक्रम अन्तर्गत राजबिराज नगरपालिकाको साझेदारीमा संचालित कुल १ करोड १८ लाख बराबरको लागतमा ४ कोठो भवन निर्माण हुन लागेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया