दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
सप्तरीको छिन्नमस्ता गाउँपालिमा मंगलबार बिहान विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
बिद्युत प्राधिकरण बितरण केन्द्र राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्र टोलीले छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीबाट रामचन्द्र रजक, राजेन्द्र प्रसाद यादव र शत्रुहन यादवलाई पक्राउ गरेको हो ।
यस्तै सोही गाउँपालिकाको वडा नं. ५ लोखरमबाट शिवशंकर पण्डित, गंगा सुतिहार र गणेश मेहता पनि पक्राउ परेका छन् ।
बिद्युत पोलमा हुक लगाई बत्ति बालिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
उनीहरुबाट प्रति व्यक्ति जरिवाना वापत १५ हजार ५ सय रुँपैया असुली तथा भविष्यमा यस्ता गल्ति नदोहराउने शर्तमा रिहा गरिने प्रहरीले जनाएको छ ।
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
सारांश
- बिद्युत प्राधिकरण बितरण केन्द्र राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्र टोलीले छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीबाट रामचन्द्र रजक, राजेन्द्र प्रसाद यादव र शत्रुहन यादवलाई पक्राउ गरेको हो ।
- यस्तै सोही गाउँपालिकाको वडा नं.
- ५ लोखरमबाट शिवशंकर पण्डित, गंगा सुतिहार र गणेश मेहता पनि पक्राउ परेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया