अटो दुर्घटनामा चालकका बाबु र नातिनी  तथा मोटरसाइकलको ठक्करबाट बालक घाइते 

राजविराज राजविराज
|
बुधबार, बैशाख ६, २०८०
|
|
२३ पटक हेरिएको
Shares
अटो दुर्घटनामा चालकका बाबु र नातिनी  तथा मोटरसाइकलको ठक्करबाट बालक घाइते 

सारांश

  •     पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र.
  • २–०१ –००१स.
  • १३४९ नं.

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 

    सप्तरी शम्भुनाथको शम्भुनाथ नगरपालिका वडा नं. ३ ट्राफिक चौकस्थित पुर्व पश्चिम राजमार्गमा बुधबार अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना यात्रु घाइते भएका छन् । 
    पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र.२–०१ –००१स.१३४९ नं.को अटो आफै अनियन्त्रित हुदा अटोमा सवार चालकको बुवा स्थानिय ७५ वर्षिय रामजी साह र चालकको नातिनि २ वर्षिय खुसी कुमारी साह घाइते भएका छन् । उनीहरु मध्ये बुबा रामजीको युनिक तथा नातिनिको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । 
    यस्तै शम्भुनाथकै वडा नं. ३ कचन्दाहास्थित भित्रि सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । 
    दक्षिणबाट उतर तर्फ जादै गरेको प्र.२–०१–००३प.३६०१ नं.को मोटरसाइकलले स्थानिय अंजनि चौधरीका २ वर्षिय छोरा आदित्य चौधरीलाई वाटो काट्ने क्रममा ठक्कर दिएको हो । 
    ठक्करबाट बालकको टाउँकोमा चोट लागेपछि गजेन्द्र नारायण सिँह अस्पताल राजविराजमा  समान्य उपचार पश्चात थप उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ । 
    मोटरसाइकल र चालक वडा नं. ४ बस्ने ३४ वर्षिय दिपेन्द्र कुमार भगत प्रहरी नियन्त्रणमा रहेको तथा घटना वारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित
सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित
राजविराज जेसीजद्वारा महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन
राजविराज जेसीजद्वारा महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन
प्रदेश सांसद साह भारतमा सम्मानित
प्रदेश सांसद साह भारतमा सम्मानित
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
पोखरीमा डुबेर १२ महिनामा १२ बालबालिकासहित २२ जनाले ज्यान गुमाए
पोखरीमा डुबेर १२ महिनामा १२ बालबालिकासहित २२ जनाले ज्यान गुमाए
सडक संघर्षमा बिटौरी र ब्लक जग्गा धनी 
सडक संघर्षमा बिटौरी र ब्लक जग्गा धनी 
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु
पुनः जंगली हात्तिले घर भत्कायो, अन्नपात नष्ट
पुनः जंगली हात्तिले घर भत्कायो, अन्नपात नष्ट