दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरीको सप्तकोशी नगरपालिकामा एक किशोरी पासो लगाई झुण्डिएको अवस्थामा बुधबार फेला परेकी छिन् ।
वडा नं. ३ सखुवनि टोल बस्ने बनहु चौधरीको १८ वर्षिय छोरा रबिन चौधरीसंग एक बर्ष अघि टिकाटालो गरी उनकै घरमा बस्दै आएकी जिल्लाकै कंचनरुप नगरपालिका वडा नं ३ सुब्बा टोल बस्ने चिचाई चौधरीकी १६ वर्षिया छोरी पुजा चौधरीले आफ्नै सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झुण्डि छटपटाई रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार झुण्डिएर छटपटाइ रहेको अवस्थामा रबिन चौधरीले देखेपछि बुवा बनहु चौधरीले पासो काटी सोही स्थानमा राख्दा मृत्यु भईसकेको थियो ।
घटना बारे सूचना पाएपछि प्रहरी चौकी फत्तेपुरबाट आएको टोलीले कानुन सम्वत मुचुल्का उठाई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो सँगै जिल्लामा दुई महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत आर्थिक वर्ष ०७८÷०७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेका थिए भने चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा भने विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८३ पुगेको छ ।
झुण्डिएको अवस्थामा किशोरी फेला
सारांश
- वडा नं.
- ३ सखुवनि टोल बस्ने बनहु चौधरीको १८ वर्षिय छोरा रबिन चौधरीसंग एक बर्ष अघि टिकाटालो गरी उनकै घरमा बस्दै आएकी जिल्लाकै कंचनरुप नगरपालिका वडा नं ३ सुब्बा टोल बस्ने चिचाई चौधरीकी १६ वर्षिया छोरी पुजा चौधरीले आफ्नै सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झुण्डि छटपटाई रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
- प्रहरीका अनुसार झुण्डिएर छटपटाइ रहेको अवस्थामा रबिन चौधरीले देखेपछि बुवा बनहु चौधरीले पासो काटी सोही स्थानमा राख्दा मृत्यु भईसकेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया