चन्दन यादव
राजविराज, ८ चैत ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा माध्यमिक परिक्षा समितिका अध्यक्ष सुरेन्द्र पौडेलले एसइई परिक्षालाई मर्यादित तथा शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन सम्पुर्ण केन्द्राअध्यक्षलाई जिम्मेवार बन्नु पर्नेमा जोड दिएका छन ।
शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरीद्वारा शुक्रबार आयोजित एसईई २०७५ केन्द्राध्यक्ष अभिमुखिकरण कार्यक्रम उनले सो कुरामा जोड दिर्दै परिक्षालाई स्थानिय तहसँग पनि समन्वय गरेर सप्तरीमा नमुना मर्यादित परीक्षा सम्पन्न गराउने केन्द्राध्यक्षलाई पुरस्कृत समेत गरिने बताए ।
सो अवसरमा सप्तरी प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले बिगतमा चिट चोरेर पास गर्ने परिपाटीलाई अन्त गर्न सबै मिलेर मर्यादित तथा शान्तिपुर्ण बातावरणमा परिक्षा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा शिक्षा बिकास समन्वय ईकाई प्रमुख शंकर लुईटेलले बिगतमा कमि कमजोरीलाई अन्त गरि सप्तरीको परीक्षा मर्यादित बनाउन सबै केन्द्राध्यक्ष, स्थानिय जनप्रतिनिधि तथा ब्यबस्थापन समिति अभिभावकहरूले जिम्मेवारी पुर्व सम्पन्न गराउन आग्रह गरे ।
यस्तै शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश यादबले परिक्षालाई मर्यादित तथा शान्तिपुर्ण रूपमा सम्पन गराउन सबै सरोकारवाला निकाय जिम्मेवारी भएर लागनुपर्नेका जोड दिए ।
परीक्षा केन्द्रमा प्रहरीले बिद्यार्थीलाई बाहिर नै चेक गर्नुपर्नेमा जोड दिँदै केन्द्र भित्र चेकजाँच गर्दा बिद्यार्थीहरू प्रहरीलाई हेरेर नाकारात्मक प्रभाव पर्ने भएकोले यसतर्फ परीक्षा समितिले ध्यानदिनुपर्ने सुझाव समेत दिए ।
सो अभिमुखिकरण कार्यक्रममा माध्यमिक परीक्षा समिति सप्तरीले एसईई परीक्षा २०७५ लाई स्वच्छ, शान्त, मर्यादित ढंगवाट संचालन गर्न आ–आप्mनो ठाँउवाट सक्दो प्रयत्न गरि सफलतापुर्व सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
सो अभिमुखिकरण कार्यक्रममा जिल्ला प्रहरी प्रमुख राजेन्द्र बिष्ट, सशस्त्र एसपी खेम बहादुर थापा, भिमदल गणपति गुप्तबहादुर कुवर, अनुसन्धान उपरिक्षक तिलक शर्मा प्रसाई लगायतका ३४ जना केन्द्राध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता
सारांश
- शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरीद्वारा शुक्रबार आयोजित एसईई २०७५ केन्द्राध्यक्ष अभिमुखिकरण कार्यक्रम उनले सो कुरामा जोड दिर्दै परिक्षालाई स्थानिय तहसँग पनि समन्वय गरेर सप्तरीमा नमुना मर्यादित परीक्षा सम्पन्न गराउने केन्द्राध्यक्षलाई पुरस्कृत समेत गरिने बताए ।
- सो अवसरमा सप्तरी प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले बिगतमा चिट चोरेर पास गर्ने परिपाटीलाई अन्त गर्न सबै मिलेर मर्यादित तथा शान्तिपुर्ण बातावरणमा परिक्षा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
- सो अवसरमा शिक्षा बिकास समन्वय ईकाई प्रमुख शंकर लुईटेलले बिगतमा कमि कमजोरीलाई अन्त गरि सप्तरीको परीक्षा मर्यादित बनाउन सबै केन्द्राध्यक्ष, स्थानिय जनप्रतिनिधि तथा ब्यबस्थापन समिति अभिभावकहरूले जिम्मेवारी पुर्व सम्पन्न गराउन आग्रह गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया