दैनिक समाचारदाता
राजविराज, ७ असार ।
मधेश कृषि विश्वविद्यालय सभाको दोश्रो सिनेटको बैठक बिहीबार राजविराजमा सम्पन्न भएको छ ।
विश्वविद्यालयका सहकुलपति एवं मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको अध्यक्षतमा सम्पन्न सो बैठकले चार वर्षे कृषि स्नातक बिएसी एजी शैक्षिक कार्यक्रमको विद्यार्थी भर्ना सम्बन्धी कार्यविधि २०७९ र विषयगत शिक्षक करार सेवा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ लाई अनुमोदन गरेको छ ।
बैठकले शैक्षिक सत्र २०७९÷८० मा संचालित चार वर्षे स्नातक बिएसी एजी शैक्षिक कार्यक्रम र कक्षा संचालन, विश्वविद्यालय संचालनका लागि तत्काल आवश्यक शिक्षक, कर्मचारी, दरबन्दी तथा भर्ना, कृषि संकायको चार वर्षे स्नातक तहको पाठ्यक्रमलाई पनि स्वीकृति प्रदान गरिएको छ ।
यसैगरि प्रदेश कृषि विश्वविद्यालयको नाम प्रदेश सभाबाट मधेश कृषि विश्वविद्यालय ऐन २०७९ अनुसार मधेश कृषि विश्वविद्यालय कायम भएकोले सोही बमोजिम सबै दस्ताबेजहरुमा नाम संशोधनको प्रस्ताव पारित गरिएको छ । जग्गा व्यवस्थापन तथा श्रोत जुटाउने सम्बन्धी प्रस्तावलाई पनि स्वीकृति प्रदान गरिएको बैठकका अध्यक्ष एवं शिक्षा मन्त्री यादवले जानकारी दिए ।
सोही बैठकले विश्वविद्यालयमा रिसर्चको काम समेत सुरुवात गर्ने सहमति दिइएको मन्त्री यादवले बताए ।
बैठकमा कृषि विश्वविद्यालयका उपकुलपति तथा सदस्य सचिव डा. बैद्यनाथ महतोले विश्वविद्यालयको प्रगति विवरण तथा प्रस्तावहरु प्रस्तुत गरेका थिए । सिनेटको बैठकमा मधेश कृषि विश्वविद्यालयका सदस्यहरु नाथुप्रसाद चौधरी, लक्ष्मी प्रसाद भट्राई, प्रेम प्रसाद भट्राई, नम्रता सिंह, जगन्नाथ प्रसाद जैसवाल, राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख एवं विश्वविद्यालयका सदस्य इसरत परबिन लगायतको सहभागिता रहेको थियो ।
कृषि विश्वविद्यालयको सिनेटको बैठकबाट विभिन्न प्रस्ताव पारित, रिसर्चको काम समेत सुरुवात गर्ने सहमति
सारांश
- विश्वविद्यालयका सहकुलपति एवं मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको अध्यक्षतमा सम्पन्न सो बैठकले चार वर्षे कृषि स्नातक बिएसी एजी शैक्षिक कार्यक्रमको विद्यार्थी भर्ना सम्बन्धी कार्यविधि २०७९ र विषयगत शिक्षक करार सेवा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ लाई अनुमोदन गरेको छ ।
- बैठकले शैक्षिक सत्र २०७९÷८० मा संचालित चार वर्षे स्नातक बिएसी एजी शैक्षिक कार्यक्रम र कक्षा संचालन, विश्वविद्यालय संचालनका लागि तत्काल आवश्यक शिक्षक, कर्मचारी, दरबन्दी तथा भर्ना, कृषि संकायको चार वर्षे स्नातक तहको पाठ्यक्रमलाई पनि स्वीकृति प्रदान गरिएको छ ।
- यसैगरि प्रदेश कृषि विश्वविद्यालयको नाम प्रदेश सभाबाट मधेश कृषि विश्वविद्यालय ऐन २०७९ अनुसार मधेश कृषि विश्वविद्यालय कायम भएकोले सोही बमोजिम सबै दस्ताबेजहरुमा नाम संशोधनको प्रस्ताव पारित गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया